पोखराः नेपाली कांग्रेस पोखरा महानगरको सभापतिमा ज्योति हमालले शुक्रबार उम्मेदवार दिएकी छिन्।
चिप्लेढुंगामा अवस्थित विपी चोकमा पुगी सालिकलाई माल्यारोपण गरि उनले उमेदवारीमा मनोनयन दर्ता गराएकी थिइन्। महानगरको सभापतिमा ६ जनाको उम्मेदवारी परेकोमा उनि एक्ली महिला हुन्।
हमालले कांग्रेसले बिपीले नेपालीहरुको सपना साकार बनाउन स्थापना गरेको कांग्रेसमा अहिले उनको नितीलाई छोड्दै गएका कारण कांग्रेस अहिले कमजोर बन्दै गएको र युवा महिलालाई समेट्न नसकेको कारणले उम्मेदवारी दिएको बताइन्।
समाजबाद, प्रजातन्त्र र राष्ट्रियताको उदेश्य पूरा गर्न अब सबै बिपी कोईरालाको सिद्धान्तमा आउनुपर्ने हमालको जोड छ। २२ औ शताब्दीमा बिपीको कांगे्रस बनाउने सपनालाई मूर्तरुप दिन आफ्ना एजेन्डाका मतदातासंग राखेकोले आफनो एजेन्डाका लागि मतदान गर्न महानगरका ३३ वटै वडाबाट निर्वाचित क्षेत्रिय प्रतिनिधिहरुलाई आग्रह गरेकी थिइन्।
नेपाली कांग्रेसका नेत्री हमालले आसन्न १४ औं महाधिवेशनमा पोखरा महानगरको सभापतिको उम्मेदवार दिनुको कारण ‘जहाँ अत्याचार हुन्छ, त्यहाँ विद्रोह हुन्छ’ भन्दै महिलालाई अन्य पार्टीले मेयर, मन्त्री, राष्ट्रपति बनाईसकेको तर कांग्रेसले स्थान नदिएकोे कारणले पनि राजनितीमा अझ सक्रिय भएर लागेको उनको तर्क थियो।
हमालले आफ्नो उम्मेदवारी गुटउपगुटलाई चिर्नका लागि भएको बताउँदै पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनता र महिलाका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीतिलाई प्रवद्र्धन गर्ने हेतुले महाधिवेशनमा होमिन लागेको उनको भनाई थियो।
हमालले राजनितीमा महिला र युवाका आवाज बुलन्द गरी महिलालाई स्थापित गर्न आफु तयार भएको बताउदैं सांसद भईसकेका महिला नेताहरुको अधिकार कटौती भएको यो अवस्थामा साधारण महिलाहरुको राजनितीक अवस्था के होला भन्दै ठुलो प्रश्न चिन्ह खडा गरिन्।
नेपाली कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रुपमा अगाडि बढाउनुपर्ने बताउदैं नेपाली कांग्रेसभित्र गुट र उपगुटको जुन राजनीति छ त्यसले नेपाली कांग्रेसलाई दिनप्रतिदिन कमजोर बनाउँदै लगेको उनको भनाई छ। जबजब कांग्रेस कमजोर हुन्छ तबतब देश पनि समस्यामा पर्ने हुदाँ यो समस्याबाट मुक्त गर्ने चिन्तनमा आफु रहेको र त्यसलाई चिर्न तत्पर भएको उनले बताइन्। ज्योतीले आफु सबैको साझा उम्मेदवार भएको उल्लेख गरिन्। हमाल नन्द ईन्टरटेनमेन्टले आयोजना गरेको आमाहरुको ब्युटि पेजेन्ट सुपरममको पहिलो बिजेता हुन्।
पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेकी ज्योती हमाल स्कुलले जिवनदेखि राजनीतिमा निरन्तर सक्रिय हुँदै आएकी छिन्।