बाघपाइला साप्ताहिक
पोखराः लायन्स क्लब अफ माउण्टेनसिटीको नियमित वैठक शनिबार होटल रोमान्टिकामा भएको छ।
माउण्टेनसिटीका अध्यक्ष मोहदत्त भुषालले घण्टी बजाएर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए। उनले लायन्सको महत्व र आम जनमानसमा किन आवश्यकता भन्ने विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष भुषालले इन्स्टलेशन कार्यक्रममा सहभागी हुने तथा वेलफेयर कार्यक्रम र नमुना भिलेज दिगो विकास कार्यक्रममा माउण्टेनसिटी क्लबले उल्लेखनिय सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्णप्रसाद कोइरालाले माउण्टेनसिटीका हरेक कार्यक्रममा आफू सहभागी र सहयोग गर्दै आएको बताउँदै क्लबको हितको लागि सदा निरन्तर लागि पर्ने बताए।
उक्त कार्यक्रममा वर्ष २०२१÷२२ लाई सफल बनाउनको लागि वार्षिक कार्य योजना अन्तरगत अगाडि बढ्ने छलफल भएको थियो।
क्लबका प्रथम उपाध्यक्ष शक्ति बरालले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने सचिव नरेश सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए। अध्यक्ष मोहदत्त भुषालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।