पोखरा ः
नवौ राष्ट्रिय बिज्ञान दिवस असोज १ गतेको पुर्वसन्ध्यामा स्टान गण्डकी र गण्डकी प्रदेश बिज्ञान तथा प्रविधि प्रतिष्ठानको सह–आयोजनामा गण्डकी प्रदेशस्तरीय बिज्ञान हाजिरी जवाफ प्रतियोगिता भएको छ।
दुइ चरणमा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा भाद्र २५ गते वस्तुगत बहुउत्तर प्रश्नहरु प्रयोग गरि ६ वटा बिद्यालयहरु छनौट गरिएको थियो। दोस्रो चरणमा भाद्र २६ गते स्टेज अन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो।
प्रतिष्ठानका कार्यकारी निर्देशक ड़ा ढाका राम भण्डारीज्युको प्रमुख आतिथ्यतामा भएको हाजिरी जवाफ प्रतियोगितामा जनक मावि नवलपुर प्रथम, न्यु मोडल सेकेण्डरी स्कुल पोखरा द्वितीय, जनसहयोगी मावि तनहु तृतीय तथा सैनिक आवासीय महाविद्यालय पोखरा र बेस लाइन एकेडेमी कास्कीले सान्त्वना स्थान प्राप्त गरेका थिए।
पाँचौ स्थान प्राप्त गर्न सफल हिमालय मावि गोर्खा समेत सबै उत्कृष्ट बिद्यालयहरुलाई बिज्ञान दिवस असोज १ गते गण्डकी प्रदेश बिज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा हुने मूल समारोहमा नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिने भएको छ।
भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशका करिब सबै जिल्लाबाट ५० विद्यालयको सहभागिता रहेको थियो। उक्त कार्यक्रमका दुवै चरणको अध्यक्षता स्टान गण्डकी प्रदेश संयोजक राज कुमार ढकालले गर्नुभएको थियाो।
हाजिरीजवाफको सयोजन सुनिल न्यौपाने र संचालन दिपक सुवेदी र सुदीप आचार्यले गर्नुभएको थियो।
स्वागत मन्तव्य भिम नारायण श्रेष्ठ र राजीव पण्डितले गरको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन चन्द्र बहादुर खडकाले गर्नुभएको थियो।