डिस मिडिया नेटवर्क प्रा.लि. (डिस होम)ले पोखरा मा डिसहोम फाइबर नेटको बुधबार औपचारिक सुरुवात गरेको छ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले रिबन काटेर फइबर नेटको शुभारम्भ गर्नुभएको थियो। भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिमा भएको उक्त कार्यक्रममा बोल्दै कोइरालाले पोखरामा अत्याधिक मात्रामा इन्टरनेट सञ्चालन गर्ने संघ संस्था भएपनि पोखरेलीहरुले गुणस्तरीय सेवा पाउन नसकेको उहाँले गुनासो थियो।
छोटो समयमा नै डिसहोमले नेपालमा आफ्नो छुट्टै्र पहिचान कमाएको बताउँदै उहाँले आगामी दिनमा पनि डिसहोम फाइवर नेटबाट पनि अझ उत्कृष्ट बन्न सफल बनोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो।


“पोखरा मै धेरै इन्टरनेटहरु छन् कस्ले सेवा सुविधा र सर्भिस बढी दिन्छ भन्ने हो, प्रतिस्पर्धामा उत्रिएपछि बजारका समस्या पहिचान गरि अगाडि बढेमा भविष्यमा अवश्य डिसहोम फाइबर नेटले सफलता पाउछ।” अध्यक्ष कोइरालाले भने।
भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिसहोम पÞmाईबर नेटलाई पहिलो प्राथमिकतामा राखेर डिसहोमले काम गरेको बताउनुभयो। उहाँले फाइबर मात्र नभई सेटलाइट सिस्टम समेत सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो।
भट्टराईले विश्व बजारबाट नै नेटवर्क आगमन भएसँगै अब नेपालका घरआगनमा फाइबर इन्टरनेटको गुणस्तरीय सेवा दिन पछि नपर्नेमा ढुक्क हुन आम नागरिकमा जानकारी गराउनुभएको थियो।
“अब नेपालमा इन्टरनेट क्रान्ती शुरु भयो सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आजबाट जडान हुनेछ भने १० एमविपिएसदेखि ग्राहक को रोजाइ अनुसार १०० एमविपिएससम्मको प्याकेज उपलब्ध रहेको छ” उहाँले भन्नुभयो। ”
सहरी एरिया मा सुरु गरेको डिशहोम पÞmाईबर नेट आफ्नो सेवा लाइ ग्रामिण एरिया का ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होम का यरिया सेल्स मेनेजर प्रदिप सुबेदी ले जानकारी गराउनुभयो। डिशहोम पÞmाईबर नेट संगै अन्य सेवा पनि छिट्टै सुरु हुने कुरा जानकारी गराउनु भयो। उहाँले बगर, सिम्पानी, नदिपुर, विन्दवासिनी, बागलुङ बसपार्क, मिरुवा, तेर्सापट्टी, गैह्रापाटन, महेन्द्रपुल, चिप्लेढुंगा, फुलवारी, रानीपौवा, माटेपानी, हस्पिटलचोक, अमरसिंह चोक, रामघाट, न्यूरोड, नयाँबजार, मालेपाटन, पस्र्याङ, मासबार, जिरो, रत्नचोक, पृथ्वीचोक लगायतका भागहरुमा फाइटर नेट सञ्चालन आजैबाट सञ्चालन भएको जानकारी गराउनुभयो।
डिस होमका तर्फवाट एरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल, विभिन्न संचार माध्यम का पत्रकार, डिलर दाईहरु, स्थानीय समाजसेवी, बुद्दिजिविहरु सहभागी उक्त कार्यक्रममा सहभागी रहेका थिए।


उक्त कार्यक्रम कानुनी सल्लाहकार अधिवक्ता हरिप्रसाद पण्डितले सञ्चालन गर्नु भएको थियो।

भट्टराई एण्ड ब्रदर्स प्रालीले विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक एलेक्ट्रोनिक्स तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार जमाएको छ । यसले अब डिस होम, डिस होम फाइबर नेटलाई समेत स्तरीय ढंगबाट अगाडि लैजाने आम नागरिकले आकलन गरेका थिए।