पोखरा । नेपाली कांग्रेसका नेता ज्योती हमालले आसन्न १४औं महाधिवे पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आईतबार पोखरा महानगरको वडा नम्बर ३० मा आयोजित निर्वाचित क्षेत्रिय प्रतिनिधीहरु र वडा कार्य समितीको भेलालाई सम्बोधन गर्दै हमालले सभापतिमा उम्मेदवारी दिन लागेको घोषणा गर्नु भएको हो ।
“जहाँ अत्याचार हुन्छ ! त्यहाँ विद्रोह हुन्छ !” भन्दै गण्डकी प्रदेशको मन्त्रिपरिषदमा महिलालाई सहभागि नगराएको कारणले पनि राजनितीमा अझ सक्रिय भएर लागेको बताउनु भयो ।
हमालले आफ्नो उम्मेदवारी गुटउपगुटलाई चिर्नका लागि भएको बताउँदै पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनता र महिलाका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीतिलाई प्रवद्र्धन गर्ने हेतुले महाधिवेशनमा होमिन लागेको भनाई उहाँको छ ।
“अत्याधुनिक बैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं” भन्ने नाराका नाराका साथ नेपाली कांग्रेसका युवा नेता ज्योती हमालले १४ औँ महाधिवेशनमा पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।
हमालले राजनितीमा महिलाका आवाज बुलन्द गरी महिलालाई स्थापित गर्न आफु तयार भएको बताउदैं सांसद भईसकेका महिला नेताहरुको अधिकार कटौती भएको यो अवस्थामा साधारण महिलाहरुको राजनितीक अवस्था के होला भन्दै ठुलो प्रश्न चिन्ह खडा गर्नु भयो ।
नेपाली कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रुपमा अगाडि बढाउनुपर्ने बताउदैं नेपाली कांग्रेसभित्र गुट र उपगुटको जुन राजनीति छ त्यसले नेपाली कांग्रेसलाई दिनप्रतिदिन कमजोर बनाउँदै लगेको उहाँको भनाई छ । जबजब कांग्रेस कमजोर हुन्छ तबतब देश पनि समस्यामा पर्ने हुदाँ यो समस्याबाट मुक्त गर्ने चिन्तनमा आफु रहेको र त्यसलाई चिर्न तत्पर भएको उनले बताउनुभयो । ज्योतीले आफु सबैको साझा उम्मेदवार भएको उल्लेख गर्नु भयो ।
समाजबाद, प्रजातन्त्र र राष्ट्रियताको उदेश्य पूरा गर्न अब सबै महामानब बिपी कोईराला गुटमा आउनुपर्ने ठकुरीको जोड छ । कांगे्रस बनाउने आफ्ना एजेन्डाका लागि मतदान गर्न पार्टीका कार्यकर्ताहरुलाई उहाँको आग्रह छ ।
हमाल नन्द ईन्टरटेनमेन्टले आयोजना गरेको आमाहरुको ब्युटि पेजेन्ट सुपरममको पहिलो बिजेता हुनुहुन्छ ।
पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेकी ज्योती हमाल स्कुलले जिवनदेखि राजनीतिमा निरन्तर सक्रिय हुनुहुन्छ । पत्रकारिता जगतमा करिब १५ वर्ष काम गर्नु भएको हमाल नेपाल प्रेस युनियन काठमाण्डौंको कार्यकारी सदस्य, नेपाल प्रेस युनियन कास्कीको सहसचिव र क्रियाशिल महिला पत्रकार कास्कीको उपाध्यक्ष हुनुहुन्छ । नेपाल सांस्कृतिक संघको सस्थांपक केन्द्रिय सदस्य , नेपाल लोकतान्त्रिक ललितकला संघको केन्द्रिय सदस्य , नेपाली कांग्रेस कास्की काठमाण्डौं सम्पर्क समितिको सदस्य ,फाईन आर्टस यातायात प्रा. लीको अध्यक्ष , नगेन न्युज पब्लिकेशन प्रा . लीको अध्यक्ष , कला क्रान्ति मासिक पत्रिकाको प्रधान सम्पादक , रेडियो जननी ९०.६को सम्वादाता र समाचार वाचिका , आर आर क्याम्पस ईकाई सदस्य काठमाण्डौं, मेचि महाकाली बुहारी सयुक्त आवाज कास्कीको सचिव, हाईकर्स क्लब नेपालको सचिव लगाएत विभिन्न सामाजिक सघंसस्थामा सग्लंन हुनुहुन्छ ।







