पोखरा । मुद्रण उद्योग संघ, कास्कीले पोखरा उद्योग वाािणज्य संघको आसन्न निर्वाचन अन्तर्गत कार्यसमिति सदस्य पदका उम्मेदवार दिनेशचन्द्र बास्तोलालाई सघाउने भएको छ ।
मंगलबार बसेको कार्यसमितिको वैठकले आधिकारीक निर्णय गरेर नै बास्तोलालाई पौष २४ र २५ गते हुन गइरहेको ३३ औं महाधिवेशनमा सघाउने प्रतिवद्धता व्यक्त गरेको हो ।
मुद्रण व्यवसायीहरुको साझा समस्या र समाधानको लागि सहकार्य गरी अगाडि बढ्न मुद्रण व्यवसायी नै आवश्यक रहेको हुँदा बाँस्तोलाई सम्पूर्ण मुद्रण व्यवसायीले अमूल्य मतदात गरि सहयोग गर्न संघका अध्यक्ष पदमलाल श्रेष्ठले आग्रह गरेका थिए।
बास्तोला मुद्रण उद्योग संघ कास्कीको कार्यसमिति सदस्य रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य एवम् दि मोडर्न अफसेट प्रेसका सञ्चालक समेत रहेका छन्।
बास्तोलाले नारायण कोइरालाको टीमबाट उम्मेदवारी दर्ता गराएका थिए।
संघको आशन्न चुनावमा अध्यक्ष पदमा नारायण कोइराला, वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल र उद्योग तर्फबाट चिनु गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोेषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्रीले उम्मेदवारी मनोनयन गराएका छन् । भने संघको कार्यकारी सदस्यमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कुमारी मुना बाँस्तोला, दिनेशचन्द्र बाँस्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदन बहादुर कोइरालाका साथै एशोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी मिराज छन् । हर्कबहादुर अधिकारी निर्विरोध निर्वाचित समेत भइसकेका छन्।
यो समूहको प्यानलमा कार्यसमिति सदस्यमा तीन जना सदस्यबाहेक सबै पुराना र संघको विभिन्न पदमा रहेर महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेका अनुहार छन् । यस्तै समूहमा शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला पनि विभिन्न संघसंस्था र व्यवसायमा लामो अनुभव बटुलेका छन् । कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका देवेन्द्र केसीलाई वर्तमान अध्यक्ष दामु अधिकारीले आफ्नो कार्यसमितिमा मनोनित गरेका थिए ।