नेपाल रेडक्रस सोसाइटी कास्की २/३ उपशाखाको शनिबार १४ औं अधिवेशन विन्दवासिनी पार्टी प्यालेस, विन्दवासिनीमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस कास्की शाखाका मन्त्री धर्मराज अधिकारीले दियो बालेर हेनरी ड्युनाको तस्विरमा फुल चढाई कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै अधिकारीले अन्य संस्थामा अधिवेशन भनेको चुनाव बुझिने भएपनि नेपाल रेडक्रस सोसाइटी नेपालको विधानमा साधारणसभालाई नै अधिवेशनको संज्ञा दिएको स्पष्ट पारेका थिए। “नेपाल रेडक्रस सोसाइटी पवित्र संस्था भएको, यसको नाम सुन्ने वित्तिकै मानस पटलमा सेवाको भावना उत्पन्न हुने गर्दछ। तर भुकम्पको समयमा केही रेडक्रसका पदाधिकारीहरुले आर्थिक अनियमितता गर्नाले सिंगो रेडक्रसलाई बदनाम बनाए।” जसले गर्दा नेपाल सरकारले रेडक्रसलाई तदर्थ समितिमा पु¥याएको बताएका थिए।
“संसारका १ सय ९२ देशमा रेडक्रसको आफ्नो छुट्टै कानुन भएको र त्यसै अनुरुप रेडक्रस अभियान चलेको छ भने नेपाल मात्र यस्तो एक देश हो यहाँ संस्था दर्ता ऐन २०३४ को अनुसार क्लब, समूह, विजनेश संस्था जस्तो गरी दर्ता गरेर चलाउनु परेको छ”।
रेडक्रस भनेको पवित्र संस्था रहेको र नेपाल सरकारको एउटा एक्जुलेरी पार्ट भएको र सरकारलाई विपत्त पर्दा सहयोग गर्ने संस्था भएकोले यसको छुट्टै नियमअनुसार चलाउन पाउनुपर्ने बताए। विधानलाई मन्त्रिमण्डलको क्याविनेटमा पठाइए पनि विभिन्न कारणले गर्दा पास गर्न नसकिएको समेत जनाएका थिए।
रेडक्रसले ग्रामीण क्षेत्रमा वार्षिक २ पटक स्वास्थ्य शिविर सञ्चालन गरि सामाजिक उत्तरदायित्वका कामहरु गरिरहेको र रक्तसञ्चार क्षेत्रमा कास्की जिल्लामा १ सय २० युनिट दैनिक खपत हुनेमा कास्की जिल्ला मात्र नभई काठमाण्डौं, चितवन लगायतका क्षेत्रमा समेत रगत सहयोग गरिएको, कोभिड–१९ ले अक्रान्त पारेको अवस्थामा कास्की रेडक्रसले उल्लेख्य कार्य गरेको समेत बताएका थिए। त्यसैगरी बृद्ध अशक्त, सुत्केरी महिला र निम्न आयभएका व्यक्तिलाई विगत २ वर्षदेखि निःशुल्क रगत दिदैं आएको अधिकारीले बताएका थिए।
उपशाखा २÷३ का सभापति खगेन्द्रराज पराजुलीले कोरोनाको कारणले अपेक्षित कार्यक्रम गर्न नसकेको जनाए। आगामी सालमा स्मारिका प्रकाशन गर्ने समेत बताएका थिए। सामाजिक संस्था रेडक्रसलाई माया गरि सहयोग गर्नुहुने सहयोगदाताहरुलाई कृतज्ञता समेत व्यक्त गरेका थिए।
त्यसै गरी कार्यक्रममा बोल्दै उपशाखा २ र ३ का सल्लाहकार टंकमान नापितले वि.सं. २०२२ साल भन्दा अगाडिबाट नेपालमा स्थापित भएको रेडक्रसलाई अहिलेको सरकारले पहिलोचोटी हस्तक्षेप गर्नु दुःखद् कुरा रहेको जनाए। समाजमा रहेर सामाजिक क्षेत्रमा काम गर्न चुनौती हुँदा हुँदै पनि सरकारले हस्तक्षेप हुन निन्दनिय कार्य रहेको बताए। कास्कीका ३३ वटै वडामा रेडक्रसका उपशाखा विस्तार गर्न सकेमा थप सहज हुने हुँदा ईच्छुक समाजसेवीहरु अग्रसर रहन समेत आग्रह गरेका थिए।
उपशाखा २ र ३ का सल्लाहकार प्रजापति पराजुलीलाई खादा लगाई सम्मान गरिनुका साथै आमन्त्रण गरिएका अतिथिहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो। भने नयाँ आजिवन सदस्यहरुलाई रेडक्रस सोसाइटीको ब्याच र प्रमाण–प्रत्र प्रदान गरिएको थियो। उपशाखाकी सचिव विन्दु शर्मा पराजुलीले प्रगति विवरण प्रतिवेदन, कोषाध्यक्ष शान्तिदेवी पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
सचिव विन्दु शर्मा पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा सहकोषाध्यक्ष सोमकला पराजुली रेडक्रसका ७ सिद्धान्त, उपसभापति सावित्री बराल पराजुलीले स्वागत मन्तव्य, सल्लाहकार सुशिला पराजुली, विन्दवासिनी बरपाटन माविका प्राचार्य बसन्तराज पाण्डे, पोखरा महानरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्ल, वडा नं. ३ का वडाध्यक्ष रविन्द्रमान प्रजुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उपशाखा २ र ३ का सभापति खगेन्द्र पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।