काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ।
घिमिरेको बुधबार साँझ उपचारका क्रममा निधन भएको अस्पतालले जानकारी गराएको छ।
‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन्।
नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गरेको थियो ।
हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध सञ्चालक मेघा चौधरी र अस्पतालले प्रायोजन गर्दै आएको छ । अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ ।







