शरिरीक सुसंगठन दुनियाँमा आफÞनो छुट्टै पहिचान बनाएको आर्नोल क्लासिक मेन फÞिजÞिक्समा यु केमा पोखरा बाटुलेचौरका सागर बि.क.ले भाग लिने भएका छन् ।


आगामी सेम्टेम्ब ५ तारिकदेखी युकेमा हुने ओपन बडीबिल्डिंग ७ मेन फÞिजÞिक्समा नेपालको प्रतिनिधित्व गर्दै विक सहभागी हुने भएका हुन्।
२०१८ देखी युकेमा रहदै आएका बिकले दुनियाभरका शारिरीक सुगठनका खेलाडी सामु नेपालको तर्फबाट रि–प्रेजÞेंट गर्नपाउदा आफ्नो शिर सागरमाथाको जस्तों उच्च भएको बताउनुभयो। देशले आफूलाई के गर्यो भन्दा पनि देशलाई आफूले के दिए भन्ने कुरा महत्वपूर्ण रहेको उहाँको भनाई थियो।
आफÞनो तौल समूहमा अब्बलदर्जाको दावेदार भएको बताउँदै उहाँले आफ्नो मेहनत खेर नजाने बताउनुभएको थियो।
आमा चम्पा देवी र बाबु बिक्रम बिकका सन्तानका रूपमा पोखरा महानगरपालिका बाटुलेचौर वार्ड न १६ मा जन्मिएका बिकले बाटुलेचौरमा रहेको स्कुलबाट एसएलसी पास गर्नुभएको थियो।
सानो उमेरमा नै आमाले छोडेर गएपछि हजुरआमाले हुर्काउनुभएको थियो। बाल्यकाल र अधिकांश समय भारतको दिल्लीमा बिताएका विकले भारतमा रहँदा बाट नै शारिरीक सुसंगठन सुरु गर्नु भएको थियो। बिकले भारतमा पहिलो २०१५ मिस्टर गान्धी फिÞिटनेस गोवामा सहभागी हुनुभएको थियो भने २०१६ मा मिस्टर गांधी च्यामपियनसिप जित्नु भएको थियो ।
त्यस्तै, २०१७ मा मिस्टर ओलम्पियामा नेपालको तर्फबाट टप १२ मा रि–प्रिजेंट गर्नु गएको थियो । उहाँले २०१७ मिस्टर माछापुच्छ्रे ७५ के जीमा गोल्ड र २०१८ मा राष्ट्रब्यापी ओपन बडीबिल्डिग ७ मेन फÞिजÞिक्समा कास्य पदक हासिल गर्नुभएको थियो ।