बलिउड अभिनेत्री अनुष्का शर्मा हाल गर्भवती समयमा आनन्द लिइरहेकी छिन् ।

अनुष्काले गर्भमा हुर्कदै गरेको बच्चाको साथमा सुन्दर तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

उनले वोग म्यागजीनको लागि आफ्नो बेबी बंपसँग फोटोशुट गराएकी हुन् ।

यो तस्वीरमा अनुष्का धेरै राम्री देखिएकी छिन् । उनका फ्यानले तस्वीरमा माया देखाइरहेका छन् । इन्टरनेटमा उनका फोटो तिव्र रुपमा भाइरल भएको छ ।

वोगले पनि इन्स्टाग्राममा फोटोशुटका केही तस्वीरहरु सेयर गरेको छ । यी तस्वीरमा अनुष्काले अलग–अलग आउटफिट्समा देखिएकी छिन् ।

वोग म्यागजिनले उनको तस्वीर जनवरी २०२१ मा प्रकाशित गर्नेछ ।

अनुष्काले फोटोशुटको बारेमा आफु गर्भवती भएको समयमा पनि यस्तो अवसर पाउनु कल्पना पनि नगरेको बताएकी छिन् ।

केही महिना अघि अनुष्का र विराट कोहलीले आमा बाबु बन्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए । उनी यहि जनवरीमा नै आमा बन्दैछिन् ।


अनुष्काको पछिल्लो इन्स्टाग्राम पोस्टमा उनी शिर्षासन गरिरहेकी थिइन् । यो योग आसनमा उनको टाउको भुँइमा र खुट्टा माथितिर पारेर कुइनो र टाउकोका भरमा उभिएकी छिन् ।

उक्त तस्विरमा अनुष्कालाई श्रीमान विराटले खुट्टा समाएर सहारा दिएका छन् । यस तस्विरका कारण उनीहरु ट्रोलको सिकार भइरहेका छन् । अनुष्काले फोटोसँगै क्याप्सनमा लेखेकी छन्, ‘योग मेरो दैनिकीको ठूलो हिस्सा हो । डाक्टरले गर्भवती हुँदा योगको यो आसन गर्न सक्नुहुन्छ भन्नुभयो। तर निश्चित चरणको मात्रै।