गण्डकी प्र्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङलाई टाईगर गु्रप अफ पोखरा नेपालले एक कार्यक्रममा विच बधाई ज्ञापन गर्दै सम्मान गरेको छ।
टाइगर गु्रपका बरिष्ठ सदस्य गुरुङ २०७८ श्रावण २५ गते युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश मन्त्रिपरिषद्को क्याविनेट मिटिङबाट गण्डकी प्रदेश खेलकुद परिषदको उपाध्यक्ष पदमा मनोनित भएकोमा उनलाई टाईगर गु्रपले बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना सहित सम्मान गरिएको हो।
उनलाई टाईगर गु्रपका अध्यक्ष नारायण शर्माले सम्मान पत्र प्रदान गरेका थिए भने उपाध्यक्ष देवेन्द्र केसीले दोसल्ला ओढाएका थिए।
कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले आफूलाई टाईगर गु्रपले बधाई दिंदै सम्मान गरेकोमा आफू हर्षित भएको बताए। उनले आफ्नो कार्यकालमा गण्डकी प्रदेश खेलकुद परिषद्ले खेलाडीहरुको भावना र आवश्यकता अनुसार काम गर्ने बताउँदै खेलकुद क्षेत्रको विकासमा कुनै कसुर बाँकी नराखी काम गर्ने बताए। उनले, “म खेलकुद क्षेत्रबाट आएको हु, खेल क्षेत्रका समस्या र समाधानको विषयमा धेरै जानकारी छ। अहिले कोभिडको कारण अझ बढी समस्यामा परेको खेलकुदलाई उकास्न विशेष काम गर्नुपर्ने अवस्था आएको छ। हामी बोलेर हैन काम गरेर देखाउनले बेला आएको छ,” भने।
टाइगर गु्रप अफ पोखरा नेपालका वरिष्ठ सदस्य गुरुङको साथ रहने प्रतिबद्धता व्यक्त गर्दै, गण्डकी प्रदेशको खेलकुद क्षेत्रको विकास र विस्तारको लागि उल्लेखनिय योगदान पु¥याउने अपेक्षा गुरुङबाट राखेका टाइगर गु्रपका अध्यक्ष नारायण प्रसाद शर्माले बताए।
उक्त कार्यक्रममा गण्डकी प्रदेश खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण गुरुङ, टाइगर गु्रपका कोषाध्यक्ष हरिकुमार श्रेष्ठ, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङल, समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली लगायतको वोलेका राखेका थिए।
त्यसैगरी टाइगर गु्रपका उपाध्यक्ष देवेन्द्र केसीले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । गु्रपका सदस्य डि.वी. नेपालीले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।