काठमाडौं । प्रचण्ड- माधव पक्षले दिएको निवेदन फिर्ता गरेको भन्ने प्रधानमन्त्रीको अभिब्यक्तिको निर्वाचन आयोगले खण्डन गरेको छ ।

प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधनका गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको निवेदन रित नपुगेको भन्दै फिर्ता पठाइसकेको बताएका थिए । तर निर्वाचन आयोगले भने त्यसमा कुनै सत्यता नभएको बताएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निवेदन फिर्ता गरेको प्रधानमन्त्रीको भाषणबारे आफूलाई जानकारी नभएको भन्दै दर्ता भएको निवेदन फिर्ता गर्न मिल्छ ? भन्दै प्रश्न गरे । उनले भने, ‘कसले भन्यो आयोगमा आएको निवेदन फिर्ता भयो भनेर ? दर्ता भएको निवेदनपनि फिर्ता हुन्छ ?’

उनले प्रधानमन्त्रीले भाषणका क्रममा के भने भन्नेकुरा आफूलाई जानकारी नभएको बताए ।
उनले आयोमा दर्ता भएको चिज रहिरहने उनले बताए ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

दुई पक्षमा विभाजन भएको नेकपाका प्रचण्ड- नेपाल पक्षले केद्रीय कमिटीको बैठकले गरेको निर्णय र आधिकारिकताको दाबी गर्दै आयोगमा निवेदन दिएको छ । यसबारेमा थप अध्ययन अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।