पर्वत : पर्वत कुश्मामा लागु औषध सहित २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी नायन निरीक्षक मोहन कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिकाको वडा नं. ६ शिवालयचोकमा कुश्मा नपा ४ पुरानोचौकी बस्ने अन्दाजी २१ वर्षको नेष्टी श्रेष्ठको साथबाट गाँजा जस्तो देखिने हरियो पदार्थ १० ग्राम, थर्मोडोल हाइड्रोक्लोराइड क्याप्सुल ५० एमजी थ्रमा लेखेको २५ पत्ता, कुश्मा ८ चुवा बस्ने अन्दाजी २० वर्षको एजन नेपालीको साथबाट गाँजा जस्तो देखिने हरियो पदार्थ १० ग्राम, थर्मोडोल हाइड्रोक्लोराइड क्याप्सुल ५० एमजी थ्रमा लेखेको २९ पत्ता प्रहरीले बरामद गरी दुवैजनालाई पक्राउ गरेको छ।
पर्वत जिल्ला अदालतबाट सोमबार ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।