हिमाञ्चल बोर्डिङ् स्कूलका २०६२ सालको एसएलसी ब्याजका विद्यार्थीहरुले आफूलाई पढाएका मृगौला पीडित गुरूलाई आर्थिक सहयोग गरेका छन्।
पूर्व हिमाञ्चल बोर्डिङ् स्कूलको एक कुशल अंग्रेजी शिक्षक बुद्धी बहादुर थापाको परिवारमा आर्थिक अवस्था कमजोरका कारण किड्नी ट्रान्सप्लान्टका लागी समस्या उत्पन्न भएको छ।
आर्थिक अवस्थाका कारण उपचारमा समस्या नहोस् भन्दै २०६२ सालको एसएलसी व्याचका विद्यार्थीहरुले शनिबार उनको उपचारको लागि रु २ लाख ७२ हजार ५ सय ७४ रुपैया शिक्षक बुद्धि बहादुर थापालाई हस्तान्तरण गरेका छन्। “असल व्यक्ति बन्न सक्छ एउटा असल शिक्षक जोगाऔं” भन्दै एक हप्ता अगाडि अभियान संयोजक छात्र अनन्त प्रधानाङ्गले अभियान चलाएका थिए।
उक्त रकम संकलन गर्न देश विदेशमा रहेका विद्यार्थीहरु, स्कुलका प्रिन्सिपल दिलबहादुर गुरुङ्ग, पूर्व शिक्षक वेद प्रसाद शर्मा, तथा विद्यार्थी श्री दिपा गुरुङ, दिनेश के.सी, जिवन आचार्य, रश्मी गुरुङ्ग प्रबेश सेरचन, सरिना गुरूङ, सम्झना गौतम, सिता तिमिल्सीना, रवि दकाल, रश्ना ढकाल, रोमन गुरुङ, प्रतिभा गुरुङ, सुमित गुरुङ, प्रताप गुरुङ, उपेन्द्र पुर्जा, अनन्त प्रधानाङ्ग, सुनिता थापा, सविना शर्मा, सोमनाथ भण्डारी, शर्मिला बस्नेत, विश्वास पुन, अन्जना गौतम, अपेक्षा गुरुङ्ग, अनुप गुरुङ, विनोद भटृराइ, समिक्षा भटृराई, विक्रम गुरुङं, कुशुम गुरुङ, महेश गुरूङ, प्रमिला थापा, माधव थापा, सुजन पराजूली, काजु थापा लगाएतका व्यक्तीहरुले रकम संकलनमा सहयोग गरेका थिए।
संयोजक प्रधानाङ्गले एउटा असल गुरु वचाउ भन्ने अभियान शुरुवात गरिएको जानकारी गराए। “गुरुले हामीलाई उज्यालो बाटो देखाउँदा देखाउँदै एउटा मैन जसरी पग्लीनुभयो, आफूलाई रोगले च्यापेको समेत विर्सनुभयो, अब हाम्रो जिम्मेवारी भनेको उहाँलाई बचाउने हो। आर्थिक अवस्था कमजोर छ, त्यही कारण मृगौला प्रत्यारोपण गर्न सक्नुभएको छैन, अब हामी सहयोग रकम उठाएर भएपनि उहाँलाई बचाउछौं, सहयोगीहरु एक भएर लाग्न अनुरोध गर्दछु” उनले भने।
गुरुलाई बचाउन हिमाअञ्चल बोर्डिङ स्कुल लगायत अन्य स्कुललमा अध्ययन गरेका र अध्ययनरत विद्यार्थी, शिक्षक, समाजसेवी व्यक्तत्व, सुभेच्छुकलगायतले सक्दो सहयोग गर्न समेत उनले अनुरोध गरेका थिए। असल सोचका साथ असल व्यक्तित्व र असल शिक्षक बुद्धिबहादुर तामाङलाई सिघ्र स्वास्थ्य लाभको कामना ।
सहयाेग गर्न चाहनुहुने महानुभावहरुले SBI बैंकको दमाैली शाखा खाता नं Buddhi Bahadur Thapa 19915241406185 बुद्धि बहादुर थापा १९९१५२४१४०६१८५ अथवा NMB बैंकको अांबुखैरेनी शाखा खाता नं Buddhi Thapa 1580155587700017 बुद्धि थापा १५८०१५५५८७७०००१७
सम्पर्क -9804106228







