पर्वत जिल्लाको एक पालिकामा १६ वर्षे वालिकालाई आफ्नै बुवा र अंकलबाट बलात्कृत भएकी छन्।
बुवाले जेठ ७ गते र अंकलले साउन २३ गते जवरजस्ती गरेको भनी जिल्ला प्रहरी कार्यालय पर्वतमा पीडित बालिकाका दाजुले जाहेरी दरखास्त लेखी पेश गरेको हुँदा थप अनुसन्धानको लागि उनिहरु दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको कमाण्डमा २६ गते प्रहरी टोली खटाई दुवै जनालाई नियन्त्रणमा लिई २७ गते पर्वत जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्धा शिर्षकमा १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।