पोखरा, साउन २७ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रेस संयोजकमा माधव रेग्मी नियुक्त हुनुभएको छ।

केही साताअघि प्रदेश प्रमुख बनेर पोखरा आउनुभएका गुरुङले प्रेस संयोजकमा रेग्मीलाई जिम्मेवारी दिनुभएको हो।

रेग्मीले दुई दशकअघि अन्नपूर्ण पोष्ट पत्रिकाबाट पत्रकारिता सुरु गर्नुभएका उहाँले यसअघि गोल्डेन आई टीभी, कास्की अभियान साप्ताहिक पत्रिका हुँदै न्यूज २४ टीभी र पोखरा टीभीमा काम गर्नुभयो।

हाल रेग्मी न्यूसंचार डटकमको प्रदेश प्रतिनिधिका रुपमा कार्यरत हुनुहुन्छ भने नेपाल प्रेस युनियन कास्कीका निवर्तमान उपाध्यक्ष सदस्य हुनुहुन्थ्यो ।
संविधानको व्यवस्था अनुसार प्रदेश प्रमुखको काममा निरन्तर सघाउने रेग्मीले बताउनुभयो।