पदम श्रेष्ठ, पाेखरा।
नेपाली काङ्ग्रेस फलेवास पोखरा सम्पर्क समितिको पोखरामा शनिबार बसेको भेलाले राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा २५ जना कार्यसमिति सदस्य गठन गरेको छ।
उपाध्यक्षहरुमा सीता शर्मा र खड्क बहादुुर पौडेल, सचिवमा विनोद पौडेल, कोषाध्यक्षमा बाबुराम तिवारी, सहसचिवमा कृष्ण भुषाल, सहकोषाध्यक्षमा ज्ञानेन्द्र गौतम, सदस्यहरूमा गायत्री पनेरू, शिवराम पौडेल “जुपिटर”, राजु शर्मा, श्यामबहादुर थापा, हस्तबहादुर थापा, सरोज खनाल, शिवप्रसाद अधिकारी, शिव तिवारी, दिपक तिवारी, सागर पौडेल, महोदत्त भुषाल, दिपेन्द्र शर्मा, पारस पाण्डे, कृष्ण सुवेदी, तिलक पौडेल, चन्द्रबहादुर पौडेल, दाताराम लम्साल र योगेन्द्र कुँबर रहेका छन्।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई दिएको जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्ने बताउँदै नेपाली कांग्रेसको हितमा काम गर्ने बताए। सहयोगी र सहयात्री रुपमा तदर्थ समितिलाई अगाडि बढाएर सम्पूर्ण फलेवास नगरका पोखरावासीलाई एकबद्धता गरि संस्थालाई मजबुद बनाउन प्रण गर्छु उनले भने।
अध्यक्ष श्रेष्ठले फलेवास नगरका पोखरावासीहरुले आफ्नो इच्छा र उमंग देखाएर कार्यसमितिमा आएका सम्पूर्णलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारीबाट एक इन्च पनि पछाडि नहटी काम गर्न अनुरोध गरेका थिए साथै, उनले आफू जुनसुकै समय र परिस्थितिमा निरन्तर लागि पर्ने उनले बताए।
नेपाली काङ्गेस महासमिति सदस्य एवम् शहीदपुत्र तथा फलेवास नगरका मेयरका प्रत्यासी उमेदवार गङ्गाधर तिवारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए। उनले आम मानिसमा स्वतन्त्रताको अधिकार रहने बताउँदै उनले भने, “आफूलाई लागेका मनका कुराहरू स्वतन्त्र राख्न पाउनु पर्छ र राख्नु पर्छ त्यसले सङ्गठन भित्रका कमिकमजोरीलाई औल्याउन मद्धत पुग्छ र संगठन बलियो बनाउछ” उनले भने।
फलेवास नगरपालिकाको मेयरको पदमा चुनाव लड्न इच्छा नभएको बताउँदै उनले भने, “आफुलाई बाध्य बनाएर चुनाबमा अघि सारेको हो। केही साथीहरूको आकङ्क्षा हुदाहुदै गर्दा म चुनाब लड्दिन भनेको थिए, अन्तिम समयमा पार्टीले मलाई टिकट दियो, म नलडी चुनाव जित्न कठिन हुन्छ भनियो तयारी गर्न पाईएन, कारण पराजित बन्न पुगियो उनले भने।
“फलेवास नगरपालिका कम्युनिष्ट गण भएको बताउदै चुनाबमा होमिएर जित्न काङ्गेसले ठुलो संघर्ष गर्नु पर्ने रहेछ, हामी तयारीमा कमजोर बन्यो, अन्तिम समयमा मलाई टिकट दिइयो, छोटो समयको तयारीले सोचेजस्तो बन्न सकेन,” उनले भने।
त्यसैगरी उनले पर्वतमा गुटको कारण काङ्गेस कमजोर बनेको बताउदै गुट उपगुट त्याग्न अग्रज नेताहरुलाई आग्रह गरेका थिए। साथै, सम्पूर्ण कांग्रेसका आस्थावान संघ, संस्था, समिति लगायतले पनि दबाब दिन आग्रह गरेका थिए।
तिवारीले फलेवास पोखरा सम्पर्क समितिले आगामी दिनमा कांग्र्रेसी मनहरुलाई बलियो बनाउन सशक्त भूमिका निर्वाह गर्ने आफूलाई आशावादी रहेको बताए। उनले समितिलाई अगाडि वढाउन आबश्यक सहयोग गर्ने बताउदै समितिलाई २५ हजार नगद सहयोग गरेका थिए।
उक्त कार्यक्रममा नेविसंघ पर्वतका सभापति मिलन सुवेदीले सबैलाई समेट्न र संगठन मजबुद बनाउनको लागी फलेवास पोखरा सम्पर्क समिति आबश्यक रहेको बताए। त्यसैगरी नेपाली काङ्ग्रेस पर्वत जिल्ला कार्यसमिति सदस्य पर्मेद पाण्डेले कसैको पक्ष र विपक्षको लागि समिति स्थापना नभएको बताउँदै काङ्ग्रेस भित्रका समस्या समाधानको लागि गठन भएको,उनले बताए। सङ्गठनको विषयमा प्रकाश पार्दै उनले व्यतिगत स्वार्थ त्यागी सामाजिक काममा लाग्न कार्यसमितिका पदाधिकारीलाई अनुरोध गरेका थिए।
उक्त कार्यक्रममा नेपाली कांग्रस पर्वतका जिल्ला कार्यसमिति सदस्य शिवप्रसाद सुवेदी, फलेवास वडा नं. २ का पार्टी सभापति तथा नेपाली कांग्रेस पर्वतका जिल्ला कार्यसमिति सदस्य थमन सिंह थापा, नेपाली कांग्रेस पर्वत पोखरा सम्पर्क समितिका अध्यक्ष बलभद्र शर्मा, कार्कीनेटा पोखरा सम्पर्क समाजकी अध्यक्ष तथा नेपाली कांग्रेस फलेवास पोखरा सम्पर्क समाजकी नवनिर्वाचित उपाध्यक्ष सीता शर्मा लगायतले बोलेका थिए।
कार्यक्रम संयोजक किरन तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पर्वत पोखरा सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष गणेश शर्माले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने सचिव रमेश थापाले कार्यक्रमको सञ्चालन गरेका थिए।








