पाेखरा ।
महिला हरु को महान चाड हरितालिका तिज को अवसर मा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेकाे “घर मै बस” बोल को तिज गित बजार मा अाएकाे छ।
उत्पादक तथा बितरक चन्दन डिजिटल म्युजिक प्रा .लि रहेको सो गित मा केशब घिमिरेको शब्द, लय रहेको छ स्वर केशव घिमिरे र यसोधा कार्कि साथै एरेन्ज मिक्सिङ दिबस थापा मगर ले गर्नु भएकाे छ। गणेश सापकोटा को छायांकन, केशब घिमिरेको निर्देशन, सुबाश अम्गाइ को सम्पादन, फलानो कृयसन को दृश्य निर्माण रहेको छ। यो गित लाइ Chandan Music को Youtub च्यानल मार्फत हेर्न सकिने छ । समसामयिक बिषय बस्तु लाइ विशेष महत्त्व का साथ उठाइएको सो गित मा कोभिड १९ ले पारेको प्रभाव लाइ गित मार्फत उजागर गरिएको छ।घर मै बस बोल को सो गित मा केशव घिमिरे,संगीता सुबेदि,बिकाश कार्की को अभिनय देख्न सकिन्छ।
पर्बत को कार्कीनेटा मा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुनुहुन्छ । विगत २० बर्ष अगाडिदेखि पोखरामा नै बसेर साङीतिक क्षेत्र र ब्यबसाय मा निरन्तर लागिरहनुभएका घिमिरेकाे १ सय ५० भन्दा बढी गीत बजार मा अाईकसकेकाे छ। अन्य गित हरु ले जस्तै घर मै बस बोल को गितले पनि सफलता पाओस हाम्रो शुभकामना । भिडियो को लिङ्क