कार्कीनेटा सम्पर्क समाज, पोखराको शनिबार भएको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन्।
अधिवेशनबाट सीता शर्माको नेतृत्व रहने गरी १३ जनाको कार्यसमिति सर्वसम्मत चयन भएको हो। बरिष्ठ उपाध्यक्षमा केशव घिमिरे, उपाध्यक्षमा हरि प्रसाद शर्मा पौडेल, सचिवमा शिवप्रसाद शर्मा, कोषाध्यक्षमा पदम श्रेष्ठ, सह–सचिवमा दुर्गा कुमारी शर्मा, सदस्यहरुमा निलकण्ठ शर्मा, भरतप्रसाद शर्मा, शेषकान्त शर्मा, विमला शर्मा, शालिकराम पौडेल, हर्क जिटी र भुवन पौडेल रहनुभएको छ।
वर्ष २०७७ देखि २०७९ सम्मको २ वर्षे कार्यकालको लागि चयन भएको उक्त कार्यसमितिमा अध्यक्ष शर्मा अघिल्लो कार्यसमितिको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो।
अधिवेशन सम्पन्नको लागी उषा शर्माको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो। जसमा, प्रदिप कुमार पौडेल, चेतनाथ शर्मा, झलक शर्मा र रामचन्द्र शर्मा रहनुभएको थियो ।
कोभिड–१९ का कारण नेपालमा दोस्रो लहर बढेसँगै भौतिक रुपमा उपस्थित भएर कार्यक्रम सञ्चालन गर्ने अवस्था नरहेको हुँदा अघिल्लो वर्षमा हुनुपर्ने अधिवेशन सारिएको समाजका निवर्तमान अध्यक्ष आरसी शर्मा (रामचन्द्र)ले बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै, आफुले करिब साढे २ वर्षको कार्यकालमा सुरुको चरणमा उत्कृष्ट काम गर्दै गर्दा कोभिडको कारण आफूले सोचेजस्तो काम गर्न नपाउदा दुःख लागेको बताउनुभयो। शर्माले आफ्नो कार्यकालमा सहयोग गरी सफलता पु¥याउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै, समाजको हितको लागि जुनसुकै कार्य गर्न आफू सधै तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कोभिडका कारण भौतिक रुपमा उपस्थित हुन असहज भएका कारण जुम मिटिङ मार्फत गरिएको पाँचौ साधारण सभामाको उद्घाटन सत्र समाजका अध्यक्ष आरसी शर्मा (रामचन्द्र) को अध्यक्षतामा भएको थियो।
समाजका बरिष्ठ सल्लाहकार इन्द्र शर्माले दियो बाली कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै समाजले छोटो समयमा उल्लेख्य प्रगति गरको बताउनुभयो। उहाँले आगामी दिनमा कार्कीनेटाबाट पोखरा आई विभिन्न क्षेत्रमा काम गर्दै कर्मथलो बनाएका पोखरावासीहरुलाई एकजुट गराउन र कोभिडका कारण समस्यामा परेकाहहरुलाई समाजले अझ उत्कृष्ट कदम चाल्नेमा आफू विस्वासरत रहेको बताउनुभयोे। साथै, उहाँले हरेक समस्यालाई साझा चौतारी रहेको समाजमा ल्याउन सके सजिलै समाधान गर्न सकिने जानकारी गराउनुभयो।
साधारणसभामा समाजका कोषाध्यक्ष विनोद पौडेलले आर्थिक प्रतिवेदन, सचिव हरि प्रसाद शर्मा पौडेलले सचिवको प्रतिवेदन र अध्यक्ष आर सी शर्मा (रामचन्द्र)ले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
जुम मिटिङ मार्फत गरिएको कार्यक्रमका होष्ट तथा समाजका सचिव हरि प्रसाद शर्मा पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।