२००६ माघ २५ गते कास्कीको घलेल गाउँमा जन्मिएका गुरुङले काठमाडौँबाट एसएलसी उत्तीर्ण गरे ।
प्रदेश प्रमुखमा नियुक्त गुरुङको थातथलो कास्कीको घलेल गाउँ हो । गुरुङ शहीद हरिप्रसाद गुरुङका सहोदर भान्जा हुनुहुन्छ। गुरुङ जगत प्रसाद गुरुङ र पदमकुमारी गुरुङका जेठा सुपुत्र पृथ्वीका एक भाई र दुई दिदीबहिनी छन् । उहाले एमएसीमा मास्टर्स गरेका गर्नुभएको छ।
वि.सं २००६ माघ २५ गते कास्कीको घलेल गाउँमा जन्मिनुभएका पृथ्वीले प्राथमिक शिक्षा त्यहीँको घलेल प्राथमिक बिद्यालय हालको बम बहादुर घलेल आधारभुत बिद्यालयमा अध्ययन गर्नुभयो । विसं २०१८ मा चितवन झर्नुभएका पृथ्वीले विसं २०२४ मा जुद्धोजय हाइस्कूल काठमाडौँबाट एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँले अमृत साइन्स कलेजबाट आइएस्सी, त्रिचन्द्र कलेजबाट बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गर्नुभएको हो ।
विसं २०३४ मा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापकमा नियुक्त हुनुभएको एक वर्षपछि राजनीतिक मुद्दा लागेर बर्खास्तमा पर्नुभयो । विसं २०३६ को जनमतसङ्ग्रहमा कास्कीको निर्वाचनमा सक्रियरूपमा लाग्नुभएका पृथ्वीले त्यसपछिका केही वर्ष काठमाडौँमा गैरसरकारी संस्थामा काम गर्नुभयो ।
वि.सं. २०४२ मा चितवन फर्किए उहाँ नेपाली कांग्रेस चितवनको सहसचिवमा नियुक्त हुनुभयो । विसं २०४६ को जनआन्दोलनमा सङ्घर्ष समितिका पाँच सदस्यमध्ये एक गुरुङ वि.सं. २०४८ मा चितवन क्षेत्र नं ३ बाट शेरचनसँगै चुनावी प्रतिस्पर्धा गर्नुभयो । निर्वाचनमा पराजयपछि विसं २०४९ मा उहाँ सुकुम्बासी आयोगको केन्द्रीय सदस्य हुनुभयो । त्यतिबेला उहाँ नवलपरासीको इन्चार्ज हुनुहुन्थ्यो।
नेपाली कांग्रेसको विभाजनसँगै विसं २०६१ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिक चितवनको सभापति बन्नुभयो । पार्टी एकता भएपछि सहसभापति बन्नुभएका पृथ्वी त्यसयता कांग्रेस चितवनको सल्लाहकारका रूपमा क्रियाशील हुनुहुन्छ ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ गुरुङ विद्वान र इमान्दार नेता भएको बताउछन् । कांग्रेसलाई सशक्त बनाउन उनी आफ्नो जीवनभर लागि परेको श्रेष्ठको भनाइ छ । अन्य प्रशस्त अवसर भएर पनि सबै त्यागेर पूर्णकालीनरूपमा कांग्रेसमा प्रतिबद्ध भएका गुरुङमाथि सरकारले न्याय गरेको श्रेष्ठले बताउनुभयो ।
कास्की निर्वाचन क्षेत्र ३( क) का नेपाली काग्रेसका सभापति कमल बहादुर गुरुङले पृथ्वीको नियुक्तिले सम्पुर्ण कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका, मर्दिखोला निवासी घलेल मौलामा हर्ष र उमंग थपिएको बताउनुभयो।