पोखरा । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयको वार्षीक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यलय प्रमुखले कार्यालयबाट एक वर्षभित्र सम्पन्न कामको वार्षीक प्रगति समीक्षा कार्यक्रममा प्रस्तुत गरेका थिए ।
वार्षीक कार्यक्रम सम्पन्न गर्न आइ परेका कठिनाई र चुनौतिबारे कार्यालय प्रमुखले मन्त्री सामु बस्तु अवस्था कार्यक्रममा राखेका थिए । कार्यालय प्रमुखले जिल्लाको भौतिक निर्माण सम्बन्धिको विवरण प्रस्तुत गरि सकेपछि मन्त्री कुमार खड्काले आगामी बजेटमा केन्द्र सरकारबाट दोब्बर बजेट प्रदेशमा ल्याउने प्रयास गर्ने बताउनुभयो । उहाँले मुलुक र देशको मुहार फेर्ने अभियानको नेतृत्व मन्त्रालयले गर्ने बताउनुभयो। “हामीले यो सरकारले देशको मुहार फर्ने अभियान थालेका छौं । सरकारमा पनि यो मन्त्रालयबाट यसको सुरुआत गछौं” भन्नुभयो ।
मन्त्री खड्काले करको दर बढाएर होइन, दायरा बढाएर काम गर्न आवश्यक रहेको बताउनुभयो । मन्त्रालयमा काम गर्ने कर्मचारीलाई दायित्व हस्तान्तरण गरेर होइन, दायित्व बोकेर लाग्न भनेका छन् । प्राविधिक कर्मचारीको यस मन्त्रालय भित्रको पहिचान बनाउन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री खड्काको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद ओमकला गौतम, ललितकला गुरुङ, योजना आयोग सदस्य मन्त्रालयका सचिव, कार्यालय प्रमुख, लेखा प्रमुखको उपस्थिति थियो ।