कतै तपाई सस्तोमा सवारी साधन पाएर किन्न त खोज्नुभएको छैन ? विचार पु¥याउनुहोला । कतै जिन्दगीभर दुःख गरेर कमाएको पैसाले ठूलो क्षति गर्न बेर नलाग्ला ।
भारतबाट सवारी साधन चोरी गरी ल्याउने र भन्सार छलेर ल्याइ विक्री वितरण गरेको थाहा पाएपछि प्रहरीले ४ थान सवारी साधन र २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा भारतबाट सवारी साधन चोरी गरी ल्याई बिक्री बितरण भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाण्डौं उपत्यकाका बिभिन्न स्थानबाट ३ थान मोटरसाईकल र १ थान कार सहित ४ थान सवारी साधन र अर्जुन कठायत र कृष्णबहादुर रोकायलाई पक्राउ गरेको छ।
कठायत र रोकायले चोरी पैठारी गरी ल्याएका सवारी साधन सहित आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तरास्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाईइ आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी गराएको छ।