लायन्स क्लब अफ पोखरा पुस्पान्जलीले बर्ष २०२१÷२२ को पहिलो बोर्ड मिटिङ आइतबार सम्पन्न गरेको भएको छ ।
वर्ष २०२०÷२१ की अध्यक्ष लायन दुर्गा रञ्जित श्रेष्ठले २०२१÷२२ का अध्यक्ष लायन कमल बराललाई माइन्युट हस्तान्तरण गरी कार्यक्रमको औपाचारिक उद्घाटन भएको थियो।
अध्यक्ष बरालले अघिल्लो वर्ष अध्यक्ष श्रेष्ठले सफलतापूर्वक सम्पन्न गरेकामा धन्यवाद व्यक्त गर्दै २०२१÷२२ मा आफूले आफूभन्दा कम भाग्यमानीहरुको लागि सहयोग गर्नुका साथै आफ्नो केही नयाँ योजना ल्याएको हुँदा कार्यसमिति सदस्य र अग्रजहरुको अघिल्ला वर्षहरुमा जस्तै गरी साथको आवश्यक रहने बताउनुभएको थियो।
लायन्स क्लवले गर्दै आइरहेका सेवाका कामले समाजमा एउटा सकरात्मक उर्जा दिएको बताउँदै आफ्नो कार्यकाल सम्पन्नमा सबैले आ–आफ्नो क्षेत्रबाट उत्तरदायित्व भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो।
बर्ष २०२१÷२२ का अध्यक्ष लायन कमल नाथ बरालको अध्यक्षतामा सम्पन्न उक्त बैठकको सञ्चालन सचिब लायन डिल्लिराम पौडेलले गर्नु भएको थियो । बैठकले डिस्ट्रीकको मुख्य कार्यक्रम लायन्स नमुना भिलेज अन्तर्गत क्लबको तर्फ बाट रु २५००० सहयोग गर्ने समेत निर्णय गरेको छ ! उक्त रकम बर्ष २०२०÷२१ कि अध्यक्ष लायन दुर्गा रन्जित श्रेष्ठले उपलब्ध गराउने समेत घोषणा गर्नुभएको थियो । बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत तवरले पारित समेत गरेको छ ।