डेन्टल साइन्स हाइजिनिस्ट एसोसियसन अफ नेपाल गण्डकीमा युवराज पौडेल (अर्जुन)को अध्यक्षतामा शनिबार सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको छ ।
संस्थाको प्रथम उपाध्यक्षमा परमेश्वर सुवेदी, द्वितीय उपाध्यक्ष रुद्र ढकाल, तृतीय उपाध्यक्ष दसमी गुरुङ, महासचिव रमेश जिएम, सचिव नारायण वाग्ले, कोषाध्यक्ष डण्डापानी चापागाई र सहकोषाध्यक्ष संगम श्रेष्ठ छन् ।
सदस्यमा दिनेश महर्जन, वीरू नेपाली, मोहन कोइराला, रीना पराजुली, निराजन जोशी, शिवजंग थापा र मिलन थापामगर छन् । नवनिर्वाचित अध्यक्ष पौडेलले डेन्टल हाइजिनिस्टहरुको हकहितका लागि आवश्यक नीति निर्माणमा सरोकारवाला निकायसम्म आवाज उठाउने बताए ।
उनले सबै सदस्यको साथ, सहयोगमा संस्थालाई अघि बढाउने प्रतिवद्धता गरे । दाँत तथा मुख स्वास्थ्यबारे सचेतना जगाउँदै सामाजिक उत्तरदायित्व निर्वाह गरिने समेत उल्लेख गरे ।
संस्थामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका सिडिएस, डिएच, डिए आवद्ध छन् ।