पोखरा ः गण्डकी प्रदेस सरकारले नेकपा (माओवादी केन्द्र) पार्टीका ३ जनालाई मन्त्रीमा सिफारिस गरेको छ।
अर्थमन्त्रीमा रामजी बराल सहित तीनजना मन्त्री गण्डकी सरकारले छनौट गरेको छ।
बरालले अर्थ मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने माओवादी स्रोतले जनाएको छ । यसैगरी स्याङ्जाका दीपक चर्तिमगर र बाग्लुङका चन्द्रबहादुर बुढा माओवादीका तर्फबाट मन्त्री नियुक्त हुुनुहुने भएको छ ।
बुढाले कृषि मन्त्रालय र चर्तिमगरले वन तथा वातावरणको जिम्मेवारी पाउने बताइन्छ । माओवादीका मधु अधिकारी यसअघिनै स्वास्थ्यमन्त्री नियुक्त भइसक्नुभएको छ ।
विहीबार साँझ सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको हो । काँग्रेसका तर्फबाट मन्त्री बन्नेहरुबारे छलफल चलिरहेको सो पार्टीले जनाएको छ । मन्त्रीहरुको शपथ आज गर्ने तयारी छ ।