पोखरा | जिल्ला प्रहरी कार्यालय कास्की मातहत प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दुइनाले बन्दुक सहित भरत गुरुङलाई पक्राउ गरेको छ।
बगर प्रहरीले पि.एन. क्याम्पस अगाडी सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा वडा नं.१६ दिप बस्ने बर्ष ५५ का भरत गुरुङले चलाई ल्याएको ग २ च ४३७४ नम्बरको कार चेकजाँचगर्दा उक्त कारका ेडिक्कीमा अवैधरूपमा लुकाई छिपाई राखेको अवस्थामा दुई नाले (टुवेलवर) बन्दुक १ थान फेला परेको हो ।
प्रहरीले गुरुङले चलाएको कार, मोबाईल १ थान र नगद रु.१६,०००।– सहित उनलाई पक्राउ गरेको हो ।
कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ४ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता सुवास हमालले बताउनुभयो।