बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला प्रहरीे टोलीले शङ्का लागि खानतलासी गर्दा बाघको छाला, नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 25 Viewed

प्रतिक्रिया दिनुहोस्