बहुप्रतिष्ठित नयाँ निशान म्यागनाइटप्रति पोखरेलीहरुको आकर्षणको सवारी बन्न पुगेको छ।
निशानका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोकले केही दिनदेखि बुकिङ भएका १५ वटा निशान म्याग्नाइट एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले जानकारी दिए ।
लकडाउन पश्चात अहिलेसम्म २५ भन्दा बढी इलाइट मोटर्सबाट सवारीहरु विक्री भएका छन् जसमा सबैभन्दा बढी म्यागनाइटमा आकर्षण देखिएको बरालले जानकारी गराए। “बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक निशान म्यागनाइट गाडीमा ग्राहकको आकर्षण बढीरहेको छ, उनले भने।
‘निकै राम्रा विशेषतासहितको यो गाडी शुलभ मूल्यमा बजारमा आएकाले पनि धेरेको रोजाईमा परेको छ,’ उनले भने । पोखरा, लेखनाथसहित समग्र कास्की र वरपरका जिल्लाबाट पोखरामा निशान म्यागनाइट खरिद गर्न ग्राहकहरु आउने गरेको बरालले बताए ।
‘पुराना गाडी एक्स्चेन्ज गरेर नयाँ निशान म्यागनाइट चढ्न चाहनेहरुको संख्या पनि राम्रो छ ।’ पुरानो गाडी एक्स्चेन्ज गर्न चाहेमा उचित मूल्य प्रदान गरी एक्स्चेन्ज सुविधा उपलब्ध रहेको बरालले बताए ।
निशान म्यागनाइटको सुरुवाती मुल्य ३० लाख रहेको छ । भने ग्राहकको सुविधा लाई मध्यनजर गर्दै कम्पनीले छुटको समेत व्यवस्था गरेको छ।
‘मेक इन इण्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निशान म्यागनाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू छन् । यी सुविधाहरुका कारण उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले हालसम्म ५ सय ७८ वटा निसान म्याग्नाइट ग्राहकलाई हस्तान्तरण गरिसकेको बताएको छ । गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसंगै ७४ दिनभित्र ५ सय ७८ वटा निसान म्याग्नाइट बिक्री गरिएको हो । त्यसैगरी १ हजार भन्दा धेरै बुकिङ भइसकेको पायोनियर मोटोकर्पले जनाएको छ ।