जिल्ला स्वास्थ्य कार्यालय कास्कीबाट ५ सय जना भन्दा बढी नागरिकले मंगलबार खोप लगाएका छन्।
बैदेशिक रोजगारमा जान लागेका उनिहरुलाई जिल्ला स्वास्थ्य कार्यालय कास्कीबाट नै खोप लगाइएको प्रमुख बाबुराम आचार्यले बताउनुभयो।
प्रमुख आचार्यले वैदेशिक रोजगारमा जान लाग्नुभएका नागरिकले खोपको कारणबाट बञ्चित हुनु नपरोस भनी खोप कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
त्यसैगरी उहाँले विहिबार पनि स्वास्थ्य केन्द्रबाट विदेश जान लाग्नुभएका सम्पूर्ण नागरिकलाई खोप लगाउने कार्यक्रम भएको बताउँदै खोप लगाउन आउँदा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य रुपमा सिफारिस लिएर आउनुपर्ने जानकारी गराउनुभएको थियो।
चिन बाट ६ गते आउने भनिएको भेरोसेल खोप नेपालमा आइसकेपछि आम नागरिकले सहज रुपमा खोप पाउने भएकोले खोप लगाउन आउँदा हतारिएर खोप केन्द्रमा अनावश्यक भिडभाड नगर्न अनुरोध गर्नुभएको थियो। “खोप लगाउने भनेको कोभिड–१९बाट सुरक्षित हुन हो, तर भिडभाडबाट कोभिड सर्ने सम्भावना अत्याधिक भएकोले सुरक्षित रहन आम नागरिक सजक हुनुपर्छ” उहाँले भन्नुभयो।
कास्की जिल्लामा भेरोसेल खोप स्टकमै सकिएपछि जोन्सन एण्ड जोन्सन खोप लगाउने पोखरा महाशाखाले भनेपनि केन्द्र सरकारबाट खोप लगाउन अनुमति नदिएपछि जोन्सन खोप लगाउन रोकिएको थियो। भेरोसेल खोप नहुँदा पोखरामा २ गतेबाट खोप लगाउन रोकिएको छ।