पोखरा, ४ श्रावण । नेपाली काँग्रेस पर्वत पोखरा सम्पर्क समितिले नेपाली काँग्रेसको आसन्न महाधिबेशनको विषयमा छलफल ग¥यो ।
छलफलमा वक्ताहरुले काँग्रेस भित्रका वौद्धिक वर्गको निष्कृयताले पार्टीमा असक्षम ब्यक्ति नेतृत्वमा जाने, पार्टीको विधि विधान विपरीत काम गर्ने, गुट उपगुट वनाउने ,संगठन ध्वस्त पार्ने र असक्षमले सक्षममाथि शासन गर्ने अवस्था रहेकोले पार्टीमा वौद्विक वर्ग चनाखो भई सक्रियता बढाउनु अपरिहार्य रहेको जनाए ।
बैठकले समितिमा आवद्ध पार्टीका कृयाशिल सदस्य, समितिका आजिवन सदस्य, साधारण सदस्य, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सबै तहका अधिबेशनमा सकृय सहभागि भई अधिवेशन सफल पार्न लाग्नुपर्ने निष्कर्ष निकालेको छ । साथै कुनैपनि प्रलोभनमा परेर गलत ब्यक्तिलाई साथ नदिन अनुरोध गरेको छ ।
बैठकले समितिमा आवद्ध सदस्यले पार्टीको कुनैपनि पदमा उमेदवारी दीने चाहना राखेमा सम्पुर्ण रुपले सहयोग गर्ने समेत निर्णय गरेको छ ।
समितिका अध्यक्ष बलभद्र शर्माको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकार गोविन्द शर्मा, बरिष्ट उपाध्यक्ष गणेश शर्मा, उपाध्यक्ष किरण तिवारी, लक्ष्मी मेधासी, रमेश थापा, झलक रिमाल, कृष्ण पौडेल, प्रमोद पाण्डे, राजेन्द्र श्रेष्ठ लगायतले धारणा राखेका थिए । छलफलको सहजिकरण नेपाली काँग्रेस पर्वत पोखरा सम्पर्क समितिका सचिब राम प्रसाद भूर्तेलले गरेका थिए ।