जात व्यवस्था उन्मुलन मोर्चा नेपाल कास्कीको प्रथम भेलाले आश बहादुर नेपालीको संयोजकत्वमा २१ सदस्यको समिति गठन गरेको छ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको भातृसंगठन जात व्यवस्था उन्मुलन मोर्चा कास्कीको शनिबार बसेको प्रथम भेलामा सह–संयोजक चनमाया विश्वकर्मा र सदस्यहरुमा सरिता नेपाली, सचिन रसाइली, अर्जुन हिताङ, प्रदिप कुमार लामिछाने, नन्दलाल सुनार, हरिकला सुनार, सरिता हिताङ, आइबहादुर विक, गोविन नेपाली र विश्वास सेन्चुरी रहेका छन्।
मोर्चाले बाँकी सदस्य पछि थप गर्ने गरि समिति गठन गरेको संयोजक आशबहादुर नेपालीले बताए।
उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य विकास लुङ्गेली, याम रसाइली, जसिन्द्र श्रीपाली, बामपन्थी नेता विनोद सुनाम, जात व्यवस्था उन्मुल मोर्चा नेपालका केन्द्रीय सदस्य आस बहादुर नेपाली, राम रसाइली र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका कास्की जिल्ला संयोजक च्याङ चुङ चमुको उपस्थितिमा समिति गठन गरिएको थियो।
सम्पूर्ण जात व्यवस्था विरोधी न्यायप्रेमीहरु एक होऔं भनि सञ्चालन गरिएको कार्यक्रम संयोजक आशबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो।