पाेखरा, ३१ । पाेखरा न्यूरोडबाट सृजनाचोक तर्फ गइरहेको बा ८ च ८८७१ नं.को स्कर्पियो सभागृह चोकमा बिहीबार बेलुका १० बजे दुर्घटनामा परेको छ।
न्यूरोडबाट तिव्रगतिमा आएको स्कर्पियो अनियन्त्रित भई सडकको विच भागमा रहेको डिभाइडरमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले बताएको छ।
दुर्घटनाबाट सभागृहचोकको डिभाइडरमा रहेको विजुलिको पोलमा क्षति पुगेको छ। भने चालकलाई उपचारको लागि फेवासिटी हस्पिटलमा लगिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी गराएको छ।
चालक लेकसाइड निवासी ५८ वर्षिय मोहन सिह रहेका छन्। सवारीलाई ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ।










