कास्की प्रहरीले ठूलो परिमाणमा लागूऔषध र नगदसहित एक जना मानिसलाई पक्राउ गरेको छ ।
पोखराको बगर क्षेत्रमा लागुऔषधको कारोवार भएको सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले पोखरा–१, बगरका ४९ वर्षका अर्जुन कुमार गुरुङ लाई शंकास्पद अवस्थामा फेला पारेपछि उनको घरमा खानतलासी गरेको थियो। लागूऔषध नियन्त्रण व्यूरो शाखाको प्रहरी टोलीले बुधबार लागूऔषध र नगद सहित गुरुङलाई पक्राउ गरेको हो।
गुरुङको घरको कोठाबाट सुटकेस भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजापान ६७० एम्पुल, फेनेरागन ६७० एम्पुल, नुर्फिन ६७४ एम्पुल गरी जम्मा २०१६ एम्पुल, मोबाईल थान एक र नगद ५ लाख २१ हजार २०० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्त डिएसपी सुवास हमालले बताए ।
पक्राउ परेका गुरुङलाई लागूऔषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धानको कार्य अघि बढाइएको प्रहरीले बताएको छ।








