नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा मंगलबार साँझ शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराएकी हुन्।
शपथपछि बधाई दिने पहिलो व्यक्ति माघव कुमार नेपाल रहेका छन्। खुसीमा मुद्रामा देखिएका नेकपा एमालेका बरिष्ठ नेता नेपालले पहिलो बधाई प्रधानमन्त्री देउवालाई दिएका छन्।
नेपालले देउवासँग हात मिलाएरै बधाई दिएका थिए। माधवकुमार नेपाल पक्षकै २६ जना सांसदको हस्ताक्षरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका हुन्।








