नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मङ्गलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्।
देउवा मङ्गलवार दिउँसो प्रधानमन्त्रीमा नियुक्त भएका थिए। नियुक्त भएसँगै प्रधानमन्त्री देउवाले ४ जनालाई मन्त्रीमा नियुक्त गरेका छन्। जसमा कांग्रेसबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय व्यवस्था तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका हुन्। नवनियुक्त मन्त्रीहरुलाई मंगलबारै पद तथा गोपनीयताको शपथग्रहरण गराइएको छ।
प्रधानमन्त्रीसहित बढीमा २५ जनासम्मको मन्त्रिपरिषद् बनाउन मिल्ने संवैधानिक व्यवस्था भएपनि उनले सुरुमा सानो मन्त्रीमण्डल बनाउने उद्घोष गरेका थिए।
सर्वोच्च अदालतको संवैधानकि इजलासले गरेको फैसलापछि संविधानको धारा ७६(५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुपर्ने अवस्था आएको हो।
शपथग्रहण समारोहमा देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख गरिएको छ।