चिनबाट ८ लाख खोप डोज नेपाल आइपुगेको छ। कोरोनाविरुद्धको आठ लाख डोज खोप आज काठमाडौँ आइपुगेको हो ।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । जसअनुसार शुक्रबार भेरोसेल खोपको आठ लाख डोज नेपाल आइपुगेको हो । त्यस्तै, बाँकी खोप साउन ८ गतेसम्ममा ल्याइने जनाइएको छ ।








