जिल्ला प्रशासन कार्यालय कास्कीले विहीवार विज्ञप्ती जारी गर्दै श्रावण ५ गतेसम्म निषेधाज्ञा थपिएकोे छ।
लामोदुरीका सवारी साधनमा रोक लगाइएको छ। भने निषेधाज्ञामा निजी तथा सार्वजनिक सवारी साधन एवम् मोटरसाइल स्कुटर समेत गरी जोरविजोर प्रणाली यथावत रहेको छ। जोर गते जोर र विजोर गते विजोर सवारी चल्ने बताइएको छ।
बजार विहान ५ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने विज्ञप्तीमा जानकारी गराइएको छ।
निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि श्रावण ५ गते राती १२ बजेसम्म लागू हुनेछ ।