पोखरा–९ नयाँबजारबाट २ जना व्यक्ति लागुऔषध सहित बुधबार पक्राउ परेका छन्।
पोखरा–६ लेकसाइड स्थित प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा लागुऔषध सहित नयाँबजार बस्ने वर्ष २९ का कारोहित बली र ३९ वर्षिय संजिव ज्वारचनलाई प्रहरीले पक्राउ गरेको हो।
उनिहरुको साथबाट लागूऔषध डाईजापाम – ८५ एम्पुल, फेनेरागन– ८५ एम्पुल, नुर्फिन – ८५ एम्पुल गरी जम्मा २५५ एम्पुल सहितफेला परेको प्रहरीले जनाएको छ।
उनिहरुलाई नियन्त्रणमा कास्की जिल्ला अदालतबाट ७ म्याद थप गरी लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको अगाडि बढाइएको प्रहरीले जानकारी गराएको छ।