पोखरा–१७ छोरेपाटनमा कार्यरत प्रहरी लाई घुस दिन लागेको आरोपमा विहीबार एक जना पक्राउ परेका छन्।
छोरेपाटन स्थित बरको बोट चेकप्वाइन्टमा सवारी चेकजाँचको क्रममा पोखरा बुटवल तर्फ जादै गरेको लु २ ख २९३ नम्बरको बसका सहचालक मुक्तीराम पौडेलले डिउटीमा कार्यरत प्रहरीलाई हामी मिलौ भन्दै ५ सय रुपैयाँ दिन खोजेको र प्रहरीले अस्विकार गर्दा प्रहरी माथी नै अभद्र व्यवहार गरेकोले पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका पौडेल स्याङ्जा जिल्ला फेदीखोला २ वस्ने बर्ष ३५ का रहेका छन्। उनलाई कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत अभद्र व्यवहार सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ।








