नेपाल पत्रकार महासंघ कास्कीले सञ्चार माध्यममा कार्यरत पत्रकार र कर्मचारीहरुका लागि खोप माग गरेको छ।
नेपाल पत्रकार महासंघ कास्कीका सदस्य सबैलाई पहिलो खोप लगाईसकिएको र दोस्रो खोप पनि २५ गते लगाईदैछ । यस बाहेक महासंघको सदस्य नभएका यस जिल्लामा कार्यरत सम्पूर्ण पत्रकार, संचारकर्मी, प्राविधिक, लगायत संचार माध्यममा कार्यरत व्यक्तिका लागी तत्कालै खोपको व्यवस्था गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका माननिय मन्त्री मधुमाया अधिकारीलाई पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले अनुरोध पत्र बुझाएकी छन्।
पत्रकार महासंघका सदस्यहरुले खोप लगाएपनि विभिन्न सञ्चार माध्यममा कार्यरत क्रियशिल पत्रकार लगायत कर्मचारीहरुले खोप लगाउन बञ्चित भएका छन्। अग्रज भागमा रहेर काम गर्नुपर्ने र धेरै व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट हुने भएकोले अन्य समुदायको समेत सुरक्षाको लागि खोपको आवश्यक भएको अध्यक्ष भण्डारीले जानकारी गराएकी थिइन्।
अध्यक्ष भण्डारीले खोप लगाउने व्यवस्था हुनेछ भन्ने आशा रहेको बताउँदै “खोप उपलब्ध गराउनका लागी हामी निरन्तर लागीरहेका छौ,” उनले भनिन्।
मन्त्री अधिकारीले पत्रकार महासंघ कास्कीको माग जायज रहेको बताउँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।








