गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यहि जुलाइ-३१ मा सम्पन्न हुने ९-औ अधिबेशनमा वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले अध्यक्षमा उम्मेद्बारी दिने भएकी छन ।

उनले यहि आउंदो ९ जुलाईमा सांझ ७ बजे अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी गरेको निर्वाचन प्रचार प्रसार समितीले जनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा जुममार्फत राइले उम्मेदवारी घोषणा गर्ने जनाइन् ।

हाल सम्म अध्यक्ष प्रत्यासीमध्ये रोजिनाले आफ्नो उम्मेदवारी लाई पहिलो पटक औपचारिक रुपमा नै घोषणा गर्न लागेकी हुन । घोषणा सभाका दिन सरकारी कोभिड नियम अनुसार ३० जना प्रत्यक्ष र जुममा बेलायतका सामाजिक अभियन्ताहरु सहभागिता छ ।

सो अवसरमा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रमुखले दिने शुभेच्छा र आर्शीवाद आफ्ना लागि थप आत्मबल हुनाले सबैलाई कार्यक्रममा जोडिनको निम्ति उनले सार्वजनिक अपिल समेत गरेकीछिन ।

रोजिनाले घोषणा सभामा आफ्ना ९ बुंदे एजेन्डा र प्रतिबद्धता पनि सार्वजनिक गर्ने बताएकी छन् । एनआरएनए यूकेमा सन् २००७ देखि नै आवद्ध रोजिनाले उपाध्यक्षमा निर्वाचित हुंदा सर्वाधिक मत ल्याएकी थिइन् ।

अहिलेको कार्यसमितिमा उपाध्यक्ष र संघसंस्था समन्वय विभाग प्रमुखको बाग्डोर प्रभावकारी रुपमा सम्हालेकी रोजिनालाई नजिकबाट चिन्नेहरु उनी एक्सन ओरियन्टेड, सालिन र संस्थाप्रति दत्तचित्त रहने अभियन्ता रहेको टिप्पणी गर्छन् । यसपटकको निर्वाचनमा पपुलर भोट उनका पक्षमा जाने अड्कल काट्न थालिएको छ ।

बेलायती विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्तिर्ण उनी समाजसेवासंगै विभिन्न व्यवसाय र दर्जन बढी संघसंस्थामा समेत संलग्न छन् ।