आर्थिक अभावका कारण उपचारमा समस्या भएकी पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी सराउदी निवासी सिता भुषालको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ ।

भुषाल केही दिनदेखी स्त्रीरोग सम्वन्धि समस्याले विरामी रहेको र थप उपचार गर्नुपर्ने परिवारको जानकारी अनुसार जापान वाट संकलन भएको सहयोग रकम १४ हजार ८ सय ७० हस्तान्तरण गरिएको हो ।

उहाको उपचारको लागि खौलालाकुरी निवासी पर्वत समाज जापानका अध्यक्ष जनक सुवेदी वाट रु १० हजार ५ सय खानीगाउ अर्मना निवासी पर्वत समाज जापानका सदस्य विकास सापकोटा व वाट रु २ हजार १ सय ८५ र संकरपोखरी खलडाडा निवासी पर्वत समाज जापानका सदस्य राम भुषाल वाट २ हजार १ सय ८५ सहयोग प्राप्त भएको हो । उहालाई केही दिन अगाडी मात्र उपचारका लागि जापानवाट रु १० हजार प्राप्त भएको परिवारले जनाएको छ ।
संकरपोखरी निवासी पर्वत समाज जापानका सदस्य राजेन्द्र भुषालको पहलमा संकलन भएको रकम पत्रकार डिल व विकको सहजिकरणमा घरमानै पुगि हस्तान्तरण गरिको हो ।

यसै गरि प्रदेशमा रहेर पनि आफ्नो गाउ ठाउमा समस्यमा रहेका विपन्न समुदायको समस्यामा सहयोग गर्दै आउनु भएका पर्वत समाज जापानका सदस्य राजेन्द्र भुषाल र विहादी उराम खोरपोखरा निवासी पर्वत समाज जापानका सह कोषाध्यक्ष कृष्ण भुषालको सहयोगमा फलेवास र कुश्मामा ६ लाई खाद्यन सहयोग गरिएको छ ।
लकडाउनका कारण समस्यमा रहेका विपन्न एकल महिला तथा असायह ६ जना महिलाहरुलाई रु १२ हजार ३ सय वरावरको चामल दाल खाद्यन्न सहयोग गरिएको जापान वाट राजेन्द्र भुषालले जानकारी दिनुभएको छ ।