पोखरा : पोखराको एक नर्सरीमा लागुऔषध सहित एक जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा–१० बुद्धचोकस्थित रहेको मनकामना नर्सरीमा लागुऔषध विक्री वितरण गरेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा ८ किलो २ सय ग्राम गाँजा सहित सोही नर्सरीका सञ्चालक लेखबहादुर गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि वडा प्रहरी कार्यालय रामबजारमा राखिएको प्रहरीले बताएको छ।
वडा प्रहरी कार्यालय रामबजारबाट प्र.नि.विक्रम कुँबरको कमाण्डमा ५ जनाको टोलि खटिइ नर्सरी भित्र रहेको ब्लक र टिनको कच्ची घरमा खानतलासी गर्दा कोठाभित्र बोरामा लुकाएको अवस्थामा गाँजा फेला परेको थियो।
गोरखा आरुघाट गा.पा.३ का गुरुङले पोखरा १० बुद्धचोक स्थित मनकामना नर्सरी सञ्चालन गर्दै आइरहेका थिए।
एक लेखअनुसार गाँजालाई औषधि विज्ञानले औषधि मूलकको रुपमा लिएको पाइन्छ। भने अमेरिका लगायत युरोपका थुप्रै देशका शहरमा गाजालाई खुला पारिएको छ। तर नेपालमा गाँजालाई बैधानिकता दिनको लागि केही अभियन्ता तथा संसदमा आवाज उठेपनि नेपाल यसलाई वैद्यानिकता दिएको छैन।








