कास्की ः कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ८ र ९ का विपन्न परिवारहरुलाई खाद्यान्न सामग्री स्थानीय एवम् सहयोगीहरुले सहयोग गरेका छन्।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण रोजिरोटी गुमाएका साथै अशक्त एबम फरक क्षमता भइ समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग गरेको हो। स्थानीय पुर्ण बहादुर गुरुङ (जापान) को समन्वय र सहयोगदाताहरु ईश्वर राना मगर, नारायण सुवेदी, तिल बहादुर क्षेत्री र झलक क्षेत्रीबाट राहत सामग्री व्यवस्थापन गरिएको हो ।
एक घर परिवारका लागि एक बोरा चामल, एक पोका नुन, एक पोका तेल, एक–एक केजी दाल, खुर्सानी, मसला र साबुन वितरण गरिएको छ ।
लकडाउनका कारण दैनिक रोजिराटी गुमेर समस्यामा परेका बिपन्न परिवारहरुलाई राहतले ठुलो सहयोग पुग्नेमा वडा न ९ का समाजसेवि कृष्णकाजी गुरुङले बिश्वास व्यक्त गरेका थिए ।