पोखरा ः गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत आज लिएका छन्। शुक्रबार बिहान ११ बजेबाट प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्री बनाउन विश्वासको मत लिनको लागि आह्वान गरिएको थियो।
नेपालको संविधान धारा १६८(५) अनुसार मुख्यमन्त्री भएको व्यक्तिले मुख्यमन्त्री भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले १ साता नहुँदै विश्वासको मत लिएका छन्।
गण्डकी प्रदेशमा ५८ सांसद रहेका मध्ये उनको पक्षमा ३१ मत र विपक्षमा २७ जना सांसदले मतदान गरेका थिए।
प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद छन् ।
मुख्यमन्त्री पोखरेललाई मतदान गर्नेमा काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको थियो।
जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको हो।
मुख्यमन्त्री बनेकै दिन मन्त्रिपरिषद् गठन गरेका पोखरेलले हालसम्म मन्त्रीहरूको कार्य विभाजन गरेका छैनन्। उनले आफू बाहेक विना विभागिय मन्त्रीमा ५ जनालाई राखेका छन्।








