व्यवसाय व्यवस्थापनको भर्चुअल कार्यक्रममा प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुष्कल गौतम आफ्नो मन्तव्य व्यक्त गर्दै। तस्विर ः बाघपाइला न्यूज
मुद्रण उद्योग संघ कास्कीको आयोजनामा ५ दिने व्यवसाय व्यवस्थापन प्रशिक्षण विहीबार समापन भएको छ।
जेठ ३० गते आइतबारबाट सञ्चालन भई असार ३ गतेसम्म भएको व्यवसाय व्यवस्थापन तालिम विहान ८ बजेबाट १० बजेसम्म दैनिक २ घण्टा प्रशिक्षण गराइएको थियो। उक्त कार्यक्रममा गण्डकी प्रदेश भित्रका करिब ६५ जनाले प्रशिक्षण तालिम लिएका थिए।
प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका अध्यक्ष पुष्कल गौतमले कास्की शाखाले गरेको ५ दिने प्रशिक्षणले मुद्रण व्यवसायीहरुको व्यवहारिक तथा हक हित र आवश्यकता अनुसारको भर्चुवल कार्यक्रम नयाँ सोच र जोशका साथ गरेकोमा प्रशंसा व्यक्त गर्दै खुसी व्यक्त गरेका थिए।
त्यसैगरी मुद्रण व्यवसायीहरुको संरक्षण र सम्वद्र्धनको लागि प्रिन्टिङ काउन्सील स्थापनाको सम्बन्धित निकायमा पत्राचार गरि आवश्यक छलफल भइरहेको उनले जानकारी गराए। साथै उनले प्रिन्टिङ टेक्नोलोजीमा नयाँ आयाम गर्ने प्रयास गरिएपनि राजनैतिक खिचातानीले असर पारेको बताए।
मुद्रण व्यवसायमा गरिने काममा हस्पिटलका कागजात तयार, पत्रपत्रिका छपाई, खाद्यान्नका विल छपाई लगायतका अत्यावश्यक सुचिका कागजात छाप्नुपर्ने भएकोले सहजीकरण गर्नको सहयोग गर्न सम्बन्धित निकायमा अनुरोध गरेको र सहयोग गरेको अध्यक्ष गौतमले जानकारी गराएका थिए।
त्यसैगरी विपदको समयमा सहयोग गर्ने उद्देश्यका साथ अक्सिजनको अभावमा अक्सिजन व्यवस्थापन गर्ने र अन्य जिल्लाबाट काठमाण्डौं आएका मुद्रण व्यवसायीहरुलाई उपचारको लागि हस्पिटल उपलब्ध गराउने र आवश्यक सहयोग गर्ने बातावरण मिलाएको बताउँदै फ्रन्टलाईनमा रहेर काम गरिरहेका मुद्रण व्यवसायीहरुको सुरक्षाको लागि नेपाल सरकारसँग २ लाख खोप माग गरिएको उनले जानकारी गराए।
त्यसैगरी मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण) ले समापन कार्यक्रममा बोल्दै व्यवसायीहरुलाई दुई चरण गरी ७ दिन सम्म प्रशिक्षण गराउने क्रममा प्रशिक्षक रसाइलीले सुष्म तरिकाले विषयवस्तुमा रही प्रशिक्षण गराउनु भएकोमा तालिम उत्साहजनक र उपलब्धीमुलक रहेको बताए।
त्यसै गरी अध्यक्ष श्रेष्ठले जुन उद्देश्यका साथ व्यवसाय व्यवस्थापन तालिमले सम्पूर्ण उद्योग व्यवसायीहरुको फुर्सदको समय सदुपयोग भएको र यसबाट व्यक्तिगत नेतृत्वको विकास र व्यवसाय सञ्चालनमा थप उर्जा प्रदान गरेको बताएका थिए।
मुद्रण उद्योग व्यवसायीहरुले व्यवसायसँग सम्बन्धित यस कार्यक्रमले नेतृत्वमा रहेर व्यवसाय सञ्चालनमा के गर्नुपर्छ ? अन्य सदस्यहरुलाई सशक्त सहभागीताको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा सम्पूर्ण सदस्यले जानकारी पाएको र आगामी दिनमा प्रशिक्षणबाट व्यवसाय सञ्चालनमा सहजकर्ता मार्फत सीप सिकेको, सिकिएका टिप्सले ठूलो प्रभाव पारेको बताए।
व्यवसायीहरुले प्रश्क्षिणबाट आफ्नो व्यवसायलाई प्रगतिको पथमा लाने अपेक्षा राखेको, सिप सिक्नुमात्र नभई त्यसलाई व्यवहारमा उतार्नु ठूलो कुरा भएकोले खिया लागेको मेशिनलाई सफा गरि नयाँ तरिकाबाट सञ्चालन गरि आफ्नो व्यवसायलाई उच्च विन्दुमा पु¥याउनको लागि १५ घण्टा लिएको तालिमले उपलब्धी दिने आशा राखेको बताए।
तालिमले जिवन र व्यवसायमा केही न केही राम्रो परिवर्तन ल्याउने अपेक्षा राखेको प्रशिक्षण कार्यक्रमको उपस्थितिले थप उर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा अझ व्यवसायलाई सफल बनाउने कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसैगरी प्रमुख अतिथि गौतम मार्फत सम्बन्धित निकायमा अति सम्बेदनशिल क्षेत्रमा मुद्रण ब्यवसायलाई राख्न पत्रचार गरी पहल गरिरहेको जानकारी पाउदा खुसी व्यक्त गर्दै आगामी दिनमा हरेक जिल्लामा जिल्ला प्रशासन मार्फत मुद्रण व्यवसायीहरुले निशेधाज्ञा जस्तो अवस्थामा पनि सहज ब्यवसाय सन्चालन गर्न सक्ने वातावरण मिलाउन केन्द्रका अध्यक्षलाई जानकारी गराएका थिए।
उक्त कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष चिन्तामणी बास्तोलाले ंचरणबद्धरुपमा प्रशिक्षण गराइएको पहिलो चरण २ दिने कार्यक्रममा १५ जना कार्यसमिति सदस्य र दोस्रोचरणमा ५ दिने कार्यक्रममा ६१ जनालाई प्रशिक्षण गराउने प्रयास गराइएको उनले जानकारी गराए। आगामी दिनमा कर्मचारीलाई पनि प्रशिक्षण गराउदा उनिहरुलाई छुट्टै पृष्ठभुमी तयार गरी अगाडि बढ्ने बताए।
कार्यक्रममा ६५ जना व्यवसायीहरु आवद्ध भएर प्रशिक्षण लिएकोमा अब मुद्रण व्यवसाय हिजोको भन्दा फरक तरिकाले लैजान प्रशिक्षणले नयाँ उर्जा प्रदान गरेको बताउँदै सहभागी सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए।
भैतिक रुपमा उपस्थिति रही करिब १ हजार सेमिनार गराएका प्रशिक्षक भक्तराज रसाइलीले मुद्रण व्यवसायी संघ गण्डकी प्रदेशभित्रका कार्यसमिति सदस्य तथा सल्लाहकारहरुलाई तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा नउतारेसम्म त्यसको कुनै औचित्य नरहने बताएका थिए।
प्रमुख प्रशिक्षक रसाइलीले विभिन्न स्लाइड मार्फत दिएको तालिममा व्यक्तिले व्यवसाय सञ्चालन गर्दा व्यवसायको लक्ष्य अनुसार सञ्चालकमा नेतृत्व गर्न सक्ने सीप र ज्ञान हुन आवश्यक रहेको बताए।
आफूले नजानेको विषयमा प्रशिक्षण लिंदा र जानेकै विषयमा समेत पुन प्रशिक्षणले पुनर्ताजगिय बनाउने हुँदा सीप, दक्षता र आत्मविश्वासले नै नेतृत्व गर्न सक्ने क्षमतावान नागरिक तयार बन्न सक्छ, उनले भने।
व्यवसाय प्रबद्र्धन र मुर्तरुप दिनको लागि कसरी सञ्चालन गर्ने, कस्ता विषयमा विशेष जोड दिने भनि प्रशिक्षण गराएका थिए।
व्यवसाय गर्नु मात्र ठूलो नभई त्यसलाई निरन्तर दिन सक्नु पहिलो रहेको र व्यवसायलाई लक्ष्य अनुसार अगाडी बढाउनको आफूसँग भएको दक्षतालाई स्मरण गर्न सक्नुपर्ने जानकारी गराए।
विगत लामो समय देखि भौतिक रुपमा हजारौं सेमिनारमा तालिम दिदै आएका प्रशिक्षक रसाईलीको अन्य कुनै व्यवसायमा आवद्ध छैनन्। प्रशिक्षण गराउनु नै उनको एकोहोरो काम भएकोले रसाइलीले प्रशिक्षण गराउदा त्यसविषयमा गहन अध्ययन गरी आवश्यकता अनुसारको टिप्स दिने गर्दछन्।
प्रशिक्षण कार्यक्रममा मुद्रण उद्योग संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र बजिमया, संघका निवर्तमान अध्यक्ष पदमलाल श्रेष्ठ, प्रदेशका उपाध्यक्ष खगेन्द्र अर्याल, महासचिव बसन्त बास्तोला, सदस्य कोपिला श्रेष्ठ, मुद्रण उद्योग संघ कास्की जिल्ला सल्लाहकार कृष्णराज ढुंगाना, साधारण सदस्य सुमन श्रेष्ठ लगायतले प्रशिक्षणबाट आफूलाई भएको फाइदाको बारेमा जानकारी गराएका थिए।
भर्चुअल कार्यक्रममा सहभागी व्यवसायीहरुलाई अनलाइनमार्फत प्रमाणपत्र वितरण गरिनुका साथै अतिथि, विशेष अतिथि र प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।

आइतबारबाट सुरु भएको ५ दिने तालिमको होस्टिङ तथा सञ्चालनमा संघका महासचिव रामप्रसाद भुर्तेलले गरेका थिए भने सचिव राजन कुमालले भर्चुअल कार्यक्रममा सहजिकरण गरेका थिए। प्रथम उपाध्यक्ष जीवन गोर्खालीले स्वागत गरेको उक्त कार्यक्रम अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)को अध्यक्षतामा सम्पन्न भएको थियो।










