नेपाल रेडक्रस सोसाईटी, पोखरा उपशाखा वडा न २÷३ को आयोजनामा विश्व रक्तदान दिवसको पावन अवसरमा भिमसेनटोल ल्याम्पःपुचः पोखरा–२ को सहआयोजनामा २७ यूनिट रगत संकलन भएको छ । उक्त रक्तदान कार्यक्रममा वडा नं २ का अध्यक्ष रामेश्वर मल्लले पहिलो रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो । अतिथि वडा सदस्य गौतम विजुक्छेको सकृयता रहेको थियो भने रेडक्रसका ७ सिद्वान्त सावित्रि पराजुलीले, स्वागत मन्तव्य खगेन्द्रराज पराजुलीले, धन्यवाद ज्ञापन शान्ति देवी पराजुलीले र कार्यक्रम को संचालन विन्दु शर्माले गरेका थिए ।
उक्त कार्यक्रममा हाल देशव्यापी रुपमा फैलिएको कोरोना भाईरस रोगको भयावह अवस्था र हिजो जेष्ठ ३१ गते राति देखि निरन्तर रुपमा परिरहेको अविरल वर्षातका कारणले गर्दा प्रयाप्त मात्रामा रक्त संकलन गर्न नसकियता पनि सम्पूर्ण रक्तदाताज्युहरु लगायत सहयोगि मित्रहरु रामेश्वर मल्ल, गौतम विजुक्छे, लिलाधर शर्मा, सुरेन्द्रमान विजुक्छे, कु्ष्णप्रसाद अधिकारी, वन्धुराज पराजुली, सहदेव वानीया, विमल श्रेष्ठ, कस्केली फार्मेसी , पोखरा २, भिमसेनटोल ल्याम्पःपुच लगायत यस रक्तदान कार्यक्रममा सहयोग गर्ने रक्त संचार सेवा केन्द्र, कार्य समिति र अन्य सम्पूर्ण महानुभावहरु प्रती हार्दिक आभार व्यक्त गरेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 34 Viewed

प्रतिक्रिया दिनुहोस्