अघिल्लो दिनबाट निरन्तर पानी पर्दा पोखराका विभिन्न ठाउँमा पहिरो जानुका साथै भासिन थालेको छ।
पोखरा नयाँबजार स्थित सिद्धमार्ग बाट सेति नदी तर्फ जाने बाटोमा छेउको डिल खसेको छ। पहिरो बाट कुनै मानविय क्षति नभएपनि बाटो अवरुद्ध भएको स्थानीयले बताएका छन्। उक्त पहिरो नजिकै अन्य घरहरु रहेकोकारण उच्च त्रासका साथ जोखिम मोलेर बस्नुपरेको स्थानीयले बताएका छन्।
सो क्षेत्र वरिपरिका घरहरु जोखिममा पहेका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ। भने, जोखिमयुक्त घर तथा बस्तीका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने प्रयास गरिएको छ।
त्यसैगरी पोखरा १७ स्थित छोरेपाटनको मुख्य सिदार्थ राजमार्गकै सडक भासिएको छ। स्थानीयका अनुसार पोखरा १७ र २२ को माथिल्लो क्षेत्र बाट आएको पानीले निकास नपाउदा बजारको विच भागमा रहेको सडक भासिएको बताएका छन्। निरन्तर परेको पानीले पोखराका विभिन्न ठाउँमा पानीको ताल नै बन्नेको छ र सडक नै भासिने समस्या बर्षेनी हुने गरेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 237 Viewed

प्रतिक्रिया दिनुहोस्