नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई नवरत्न नारी पुरस्कारद्वारा सम्मान गर्ने भएको छ।
बिगत झैं यो वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कारबाट भण्डारी सहित नौजना महिला सम्मान गर्ने पुरस्कार समितिले बताएको छ। पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका महिलालाई चयन गरेको हो।
पत्रकारितामा बिमला भण्डारी, गायनमा सपना श्री, अभिनयमा गौरी मल्ल र समाजसेवामा बिना बर्मालाई पुरस्कृत गर्ने भएको छ । यस्तै साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’, गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सम्मान गर्ने भएको हो ।
उक्त पुरस्कार चयन समितिकी संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा तीन सदस्यीय पुरस्कार चयन समितिको सिफारिसमा सो निर्णय गरेको हो । भने साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित चयन समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका थिए ।
आगामी अगष्ट महिनामा अमेरिकामा एक कार्यक्रम गरि दुईसय पचास अमेरिकी डलरसहित पुरस्कृत गरिने संयोजक अधिकारीद्वारा प्रेषित समाचारमा जानकारी गराइएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 109 Viewed

प्रतिक्रिया दिनुहोस्