नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले स्पष्ट बहुमत पु¥याएर मुख्यमन्त्रीमा बहुमतका साथ जाने बताएका छन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा विस्वासको मत ल्याउन नसक्दा नेता पोखरेलले आफूहरुले पूर्ण विस्वासका साथ हार्दिक अपिल गरिएकोले संविधानको धारा १६८ (५) को निकासमा जाने र त्यहि अनुसार अगाडि बढ्ने उनले बताए।
प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) को अनुसार आह्वान सँगै त्यहिअनुसार अगाडि बढ्ने उनले बताए।
नेता पोखरेलले हिजोको गल्तीबाट सिकाई भएकोले अब यस्ता कमजोरी नहुने भन्दै “हामीलाई प्रदेश प्रमुखले प्रक्रिया अनुसार बोलाएपछि बहुमतका साथ प्रस्तुत हुन्छौं, माननीयज्यूहरुसँग कुरा गरि सकेको छौं, कुनै व्यक्तिको कुरा मात्र नरहेको ले हामीले हार्दिक अपिल गरेका छौं र बहुमत पुग्नेमा हामी विस्वस्त पनि रहेका छौं।” उनले भने।
जनमोर्चाका कृष्ण थापालाई समेत मत दिनको लागि आग्रह गर्ने पोखरेलले जानकारी गराएका थिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मतको प्रस्ताव राख्दा उनको
२७ मत र विपक्षमा ३० मत प्राप्त गरेका थिए। बहुमतको लागि ३१ मतको आवश्यक रहन्छ।
संसदमा ५८ जना सांसद उपस्थित भएपनि १ जना तटस्थ रहदा जम्मा ५७ मत मात्र खसेको थियो। संसदमा १ जना सांसद अनुपस्थित रहेका थिए।
तटस्थ रहनेमा जनमोर्चाका कृष्ण थापा रहे भने, अनुपस्थित सांसद दिपक मनाङ्गे (राजिव गुरुङ) रहेका छन्।
गण्डकी प्रदेशसभामा ६० सदस्य रहेका छन्। पोखरेललाई मुख्यमन्त्री दावीको लागि ३१ मत आवश्यक भएपनि अहिले ३० मत देखिएको छ। जसमा कांग्रेस १५, समाजवादी २, माओवादी ११, राष्ट्रिय जनमोर्चा २ रहेका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 208 Viewed

प्रतिक्रिया दिनुहोस्